‘ढुंगेधारामा’ दुर्गेश थापाको रोमान्स !

लोकप्रिय मोडल एवं गायक दुर्गेश थापाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। दुर्गेश थापाकै शब्द र संगितमा बनेको ‘ढुंगेधारामा हामी आफ्नै पारामा’ बोलको गीत आईतवार युटूबमा रिलिज गरिएको हो।

भिडियोमा दुर्गेश थापा यसअघि जस्तै युवा तथा किशोर किशोरीलाई आकर्षित गर्ने गेटअप र फरक शैलीमा देखिएका छन् । दुर्गेशको साथमा चौध वर्षिया मोडल लोशीना एल.सी पनि देखिएकी छिन् ।

मोडल लोशीनालाई चार लाख लगानी गरेर म्युजिक भिडियो निर्माण गरेका कारण यो गीत पहिले देखि नै चर्चामा थियो । युटूबमा रिलिज भएपछि यो गीतलाई सबैले राम्रो भएको प्रतिक्रिया दिएका छन् ।  गायन, नृत्य विधामा पोख्त दुर्गेशलाई फेसबुकमा झण्डै एक लाखले फलो गरेका छन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड