सुसनको भिडियोमा माला लिम्बुको छमछमी

‘सोल्टिनी…’ गीत गाएर लोकप्रिय भएका गायक सुसन साम्सोहाङ लिम्बुले आफ्नो जन्मदिनको अवसर पारेर हिजो बुधवार आफ्नो नया“ गीत ‘तिम्रै लाग्छ पिर…’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

‘तिम्रै लाग्छ पिर…’ गीतमा हरि लम्सालको संगीत निर्देशन छ । गीतका संगीत संयोजक पनि हरि लम्साल नै हुन् । गीतका शब्दहरु नरेश भट्टराईले रचना गरेका हुन् । अर्जुन तिवारीद्वारा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् ।

लिम्बु भाषाका गीतमा समेत स्थापित भैसकेका गायक लिम्बुको ‘तिम्रै लाग्छ पिर…’ गीतको म्युजिक भिडियोलाई डिआइडी फेम कोरियोग्राफर सुनिल क्ष्ँेत्रीले निर्देश्ँन गरेका हुन् । सुनिलद्वारा निर्देशित यो पहिलो म्युजिक भिडियो हो । भिडियोमा सुनिल आफैंले अभिनेत्री माला लिम्बुसंग आकर्षक नृत्य तथा अभिनय गरेका छन् । भिडियोमा सुनिलकै नेतृत्वको नेपाली ठिटोजलाई पनि फिचरिङ गरिएको छ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड