यस्तो देखियो ‘छक्का पन्जा २’ को गीतको सुटिङ (१२ तस्विर र भिडियो)

म यता किनारमा तिमी उता किनारमा
मनभरी माया थियो लेख्या रैन्छ निधारमा

यो अरु कुनै गीत नभएर आगामी असोज ११ गते प्रदर्शनको तयारीमा रहेको गीत ‘छक्का पन्जा २’ को केहि अंश हो । बिहिबार राजधानीको उत्तरी क्षेत्र मुलापानीको चौरमा चलचित्रको सुटिङ भईरहेको थियो । गीतको सुटिङका लागी ६० जना भन्दा धेरै कोरस डान्सरहरु थिए भने नायिका प्रियंका कार्की पनि गीतको स्टेप दिनको लागि तयार भएर बसेकी देखिन्थिन् ।

सुटिङको पहिलो दिन आज केहि सिनहरुको सुट गरिएको छ । सुटिङ चलिरहँदा दिउँसो पानी आउनाले २ घण्टा जति सुटिङमा अबरोध आएको थियो । चलचित्रको गीतमा हाँस्यकलाकार विल्सन बिक्रम राईको पनि अभिनय रहेको छ । हेर्नुहोस् राजधानीको उत्तरी भेगमा रहेको मुलपानीको चौरमा गरिएको ‘छक्का पन्जा २’ को सुटिङको फोटोहरुः

तस्विरः संयोग नेपाल

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड