शुष्मा कार्की

मोडलिङमा करिअर बनाउन आईन् १८ बर्षिया शुष्मा कार्की राजधानी काठमाडौँ शहर, सपनाको शहर जहाँ दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन । त्यसै सपना संग जोडिएको एउटा मोडलिङ क्षेत्र अहिलेका युवा युवती हरुको सर्वाधिक रोजाइमा परेको क्षेत्र हो ।

युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । भर्खरै मात्र सम्पन्न नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ मा बेष्ट हेयर र मस्ट डिसिप्लिनको अवार्ड जित्न सफल नब मोडल सुष्मा कार्की पनि मोडलिङको भिडमा आफुलाइ स्थापित गराउने कोसिसमा छिन् । सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी नब मोडल सुष्मा कार्की अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन ।

नृत्य र अभिनयमा पोख्त सुष्मा सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण पनि हो । उनि मेहनतका साथ अभिनय कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन । रामेछापकि स्थायी बासिन्दा नव मोडल सुष्मा बाल्यकाल देखिनै काठमाडौँमा बस्दै अगाडी बढेकी कार्की भर्खर १८ बर्षकी भईन् ।

हेर्दा पनि आकर्षण छिन, हासी रहने शालीन स्वभाबकि मोडेल सुष्मा यदि कसै बाट म्युजिक भिडियो तथा फिल्ममा अफर आएमा खेल्ने सोचमा पनि छिन । सानै उमेर देखि नृत्यमा रुचि राख्ने सुष्मा अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोसिसरत छिन । नब मोडल शुष्मा भन्छिन, ‘अब मोडलिङमै करिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।’ उनि थप्छिन्, ‘मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलता को शिखर चढ्न सकिन्छ । जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो ।’ एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढ्दै गरेको उनी बताउँछिन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड