लगातार हिट गीत दिने राजनराज शिवाकोटी

केहि बर्ष पहिला भनिथ्यो, चलचित्र चल्नको लागि त्यसको कथाबस्तु, काम गर्ने कलाकारहरु र फाईट गर्ने भिलेन गज्जबको हुनुपर्छ तर अहिले चलचित्रको सांगितिक पाटोलाई चलचित्रलाई जत्तिकै महत्व दिन थालिएको छ । चलचित्र आउनुभन्दा पहिला दर्शकहरुलाई चलचित्रको बारेमा जानकारी दिनको लागी प्रचारप्रसारको गतिलो माध्यम भनेको गीत नै हो ।


पछिल्लो समय बिभिन्न चलचित्रहरुको गीतहरु निकै चर्चामा रहेका छन् । तीमध्ये अधिकांश गीतहरुका संगीतकार तथा गायकको नाममा राजन राज शिवाकोटीको नाम अग्रपंक्तिमा आउने गर्छ । उनको स्वर र संगीतमा रहेको चलचित्रका गीतहरु निकै हिट छन् । दर्शक तथा श्रोताहरुमाझमाउनका गीतहरु निकै लोकप्रिय छ भने मेला, पार्टी तथा कार्यक्रमहरुमा पनि शिवाकोटीकै गीतहरुमा नृत्य गरिरहेको देख्न र सुन्न सकिन्छ । शिवाकोटीका धेरै गीतहरुमा लोकपन मिसिएको हुन्छ भने त्यस्तै गीतहरुलाई दर्शकहरुले पनि अत्याधिक रुचाईदिएका छन्

भदौ २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘२ रुपैँया’ को ‘कुटुमा कुटु’ बोलको गीतले धेरै दर्शकहरुको मन छोएको छ । युट्युबमा अपलोड गरिएको ८५ दिनमा गीतलाई १ करोड ७१ लाखभन्दा धेरैपटक हेरिएको छ । गीतमा राजन राज शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको छ । स्वरममा उनलाई राजन इशान र मेलिना राईले साथ दिएका छन् ।

यस्तै चलचित्र ‘वडा नं ६’ को गीत ‘सुर्केथैली खै’ पनि निकै चर्चामा आएको गीत हो । उक्त गीत अहिले पनि कतै बज्यो भने सँगसँगै नगाउने सायद कमैमात्र मानिसहरु भेट्टाईन्छ होला । ‘सुर्के थैली खै’ लाई आजको दिनसम्म युट्युबमा २ करोड १३ लाख भन्दा धेरैपटक हेरिसकिएको छ । उक्त गीतमा पनि राजन राज शिवाकोटीकै शब्द, संगीत तथा स्वर रहेको छ । उनलाई स्वरमा गायिका अञ्जु पन्तले साथ दिएकी छिन् ।

त्यसैगरी चलचित्र ‘छक्का पन्जा’ को गीत ‘पूर्व पश्चिम रेल’ पनि एकदमै चर्चित गीत हो । सो गीतलाई आजसम्म युट्युबमा १ करोड ७१ लाखभन्दा धेरैपटक हेरिएको छ । गीतमा पनि राजन राज शिवाकोटी शब्द, संगीत तथा स्वर रहेको छ । उनलाई स्वरमा गायिका अञ्जु पन्तले साथ दिएकी छिन् ।

त्यसैगरी पछिल्लो समय चलचित्र ‘रुद्रप्रिया’का लागि राजनले बनाएको गीत ‘चिरबिर चिरबिर चाँचरी’ लाई पनि धेरै दर्शकहरुले मन पराएका छन् । मेलिना राई र राजन राज शिवाकोटीको स्वरमा रहेको गीतमा शब्द तथा संगीत पनि स्वयं शिवाकोटीकै रहेको छ । गीतलाई १८ दिनमा ११ लाख ८० हजार भन्दा बढिपटक हेरिएको छ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड