के रेखा थापाको उमेर २० वर्ष मात्र हो त ? जन्म दिनमा खुल्यो यस्तो रहस्य

 

नायिका रेखा थापाले आफ्नो परिवार, आफन्त र सञ्चारकर्मीमाझ जन्म दिन मनाएकी छिन् । जन्म दिनको खुशीयालीमा उनले दुई आर्यनसँग नाचेर रमाइलो गरिन् । उनलाई नायक आर्यन सिग्देल र आर्यन अधिकारीले प्रत्यक्ष भेटेर नै जन्म दिनको शुभकामना दिएका हुन् । जन्म दिनमा रेखाको आमा, नायक आर्यन सिग्देल र उनकी पत्नी सपना भण्डारी, नायिका सुष्मा कार्की, नायक आर्यन अधिकारी, निर्देशक रौनियार, निर्माता निकिता पौडेललगायको उपस्थित थियो ।

वि.सं २०४० सालमा जन्मिएकी रेखाले आफ्नो ३४ औँ जन्म दिन मनाएकी हुन् । तर, उनको जन्म दिनमा काटीएको केकमा २० वर्ष पुगेको संकेत दिने अंक राखिएको थियो । रेखा नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेको नै झण्डै १८ वर्ष पुग्न लागिसकेको छ । यद्यपी, उनको सक्रियता र लोकप्रियता भने अहिलेपनि उत्तिकै छ । वास्तविक उमेर ३४ वर्ष भएपनि रेखाको तन र मनलाई विचार गरेर केकमा २० अंक राखिएको हुन सक्छ ।

यस्तै, जन्म दिनमा उनकी आमाले रेखाको बाल्यकालको रहस्य खोलेकी छिन् । उनले भनिन्, ‘रेखा थापा सानै छँदा मिस कोशी प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा भाग लिन जान बुवाले अस्वीकार गरेपछि रेखा ३ सय ५० रुपैँया चोरेर प्रतियोगितामा भाग लिन गएकी थिइन् । आउँदा तामझाम र पुस्कारसहित फर्केको देख्दा बुवा दंग पर्नुभएको थियो ।’

हेर्नुहोस भिडियो

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड