सकियो अञ्जु पन्त एकल साँझ (फोटोफिचर)

दर्जनौं लोकप्रिय गीतकी गायिका अन्जु पन्त पहिलो पल्ट एकल साँझ सम्पन्न गरेकी छिन् । अन्जु पन्त फाउन्डेसनको आयोजनामा नेपाल रेकर्डिस्ट एसोसियनका लागि अन्जु एकल गायनका लागि प्रस्तुत भएकी हुन् । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भएको कार्यक्रममा अन्जुले आफ्ना जीवनकालका चर्चित आधा दर्जन भन्दा बढि गीत सुनाएकी छिन् । जसमा २७ जना बाध्यबाधकका टोलीहरु रहेका थिए ।

‘दुई दशक लामो सांगीतिक यात्रामा मैंले एकल एल्बम र गायन गर्न पाएको थिइँन । त्यो मध्ये एकल गायनको अवसर पाएको छु । म एकदमै खुसी छु र सहयोग गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’ अन्जुले भनिन् ।

करिब तीन घन्टा चलेको एकल साँझमा अन्जुले फिल्मी गीतसँगै आधुनिक गीत पनि गाएकी छिन् । उनले एकल साँझमा ‘म यस्तो गीत गाउँछु’, ‘नविर्से तिमीलाई नपाए तिमीलाई’, ‘पल पल रोए जिन्दगीमा’, ‘तिर्खा लाग्यो पानी खाएँ मैले के बिराएँ’ ‘सागर सरी चोखो माया’, लगायतका गीतहरु गाएकी छिन् । यस्तै उनले ‘नेपाली तारा सिज ३’ मा उत्कृष्ठ ३ सम्म पुगेका सुरेश लामासँग दुईवटा गीतहरु गाएकी छिन् । सुरेशसँग उनले ‘गोरखा पल्टन’ र ‘सुर्के थैली खै’ गीत गाएकी छिन् ।

गायिका अन्जुले एकल साँझबाट उठेको पैसा परोपकारी काममा खर्चिने पहिले नै घोषणा गरेकी छिन् । उनले एकल साँझबाट हुने फाइदाको रकम पर्दा पछाडि काम गर्ने रेकर्डिस्टको संस्था रेकर्डिस्ट एसोसियनलाई ५० प्रतिशत र गरिब जेहनदार बालबालिकाको शिक्षाका लागि ५० प्रतिशत खर्च गर्ने बताएकी छिन् ।

एकल साँझबाट उठेको रकम अन्जु पन्त फाउन्डेसनको माध्यमबाट बालबालिकाका लागि खर्च गरिने छ । ‘एकल साँझबाट उठेको एक पैसा पनि मैंले नलिने घोषणा गरेकी छु । आयोजक र अन्जु पन्त फाउन्डेसनले नाफाको आधा पैसा बाँड्नु हुनेछ,’ अन्जुले भनिन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड