फुच्ची जमुनाको ‘पैतालामा जीन्दगी’ लोकार्पण

गजलकार फुच्ची जमुनाको गजल संग्रह पुस्तक ‘पैतालामा जीन्दगी’ लाकार्पण भएको छ । राजधानीको टंगालमा शनिवार एक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथी सत्यमोहन जोशीले पुस्तकको लोकार्पण गरेका हुन् ।

बुलबुल प्रकाशनले प्रकाशित गरेका पुस्तकमा बिशेषत प्रेम, समाज र यर्थाथताका कुराहरुमा समावेश गजलहरु छन् । बिगत लामो समयदेखी साहित्य क्षेत्रमा कलम चलाईरहेकी जुमनाको यसअघि पनि एउटा पुस्तक सार्वजनिक गरिसकेकी छिन् ।

जमुनाले गजलमात्र नभएर कविता पनि एकदमै राम्रो लेख्ने रेडियोकर्मी तथा बुलबुल प्रकाशनका प्रमुख अच्युत घिमिरेले बताए । उनी भन्छन्, ‘जमुनाका गजलहरु सुन्दा सबैजना टक्का अडिएर सुन्ने गर्छन् । उनका गजल र कविताहरुमा गुणात्मकता बढि पाईन्छ । नारायण गोपालका गीतहरु जुन सुन्यो त्यहि राम्रो लाग्छ त्यसैगरी जमुनाका हरेक गजल उत्तिकै अब्बल र राम्रो छन् ।’

कार्यक्रममा प्रमुख अतिथी सत्यमोहन जोशीले नयाँ जमुनालाई गजलसंग्रहको लागि शुभकामना दिएका छन् । उनले जमुना र जमुनाको गजल संग्रहलाई शुभकामना दिदैँ आगामी दिनहरुमा पनि साहित्यक्षेत्रमा लागिरहनका लागि हौसला प्रदान गरेका छन् । फुच्ची जमुनाको बास्तविक नाम जमुना न्यौपाने हो ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड