तस्विरमा यस्तो देखियो महको ‘सत्रु गते’ घोषणा

हाँस्यकलाकार महजोडीले चलचित्र ‘सत्रुगते’ बनाउने घोषणा गरेका छन् । शुक्रवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि उनीहरुले चलचित्र बनाउने घोषणा गरेका हुन् । मह जोडिको प्रस्तुतीमा किरण केसी(राता मकै)ले ‘सत्रुगते’लाई निर्माण गर्नेछन् । चलचित्रमा हाँस्यकलाकारहरुको जम्बो टोलीको सहभागिता रहने भएको छ ।

चलचित्रमा तीन पुस्ताका कलाकारहरुको अभिनय देखिने भएको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य, राजाराम पौडेल, दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, किरण केसी (राता मकै), बसुन्धरा भुसाल, प्रियंका कार्की, पल शाह, आँचल शर्मा जस्ता स्टार कलाकारहरुले अभिनय गर्नेछन् ।

फिल्मको कथा हरिवंश आचार्य र पटकथा दीपकराज गिरीले लेखेका हुन् । फिल्ममा राजनराज शिवाकोटीको संगीत रहनेछ भने नृत्य निर्देशन कविराज गहतराजले गर्नेछन् भने निर्देशन प्रदिप भट्टराईले गर्नेछन् । चलचित्रको सुटिङ कार्तिक ६ गते तराईबाट सुरु हुनेछ भने चैत ९ गते चलचित्रको प्रदर्शन गरिने निर्माता किरण केसीले बताए । चलचित्रको सुटिङ तराईका केही जिल्ला र राजधानी काठमाण्डौँमा हुनेछ भने ५० दिनको समय तालिका रहेको छ ।

हरिबंश आचार्यका श्रीमती, बुहारी र छोरा

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड