तस्विरमा यस्तो देखियो नेपाल आईडलको कन्सर्ट (८ तस्विर र भिडियो)

नेपाल आईडलका टप ३ प्रतिस्पर्धीहरुको कन्सर्ट आज सम्पन्न भएको छ । राजधानीको टुडिखेलमा भएको कन्सर्टमा हजारौँको संख्याको दर्शकहरुको उपस्थिती रहेको थियो ।

कन्सर्टमा आईडलका तीनै प्रतिस्पर्धीहरु निशान भट्टराई, प्रदाप दास र बुद्ध लामाले दुई–दुई ओटा गीतहरु गाएका थिए । कन्सर्टमा प्रताप दासले पहिलो प्रस्तुती दिएका थिए । उनले कार्यक्रममा चलचित्र ‘प्रेम गीत २’ को ‘मोटरसाईकलमा’, निशानले ‘तुलसी आँगनमा रोपौँला’ र बुद्धले ‘अरे क्यानम’ बोलको गीत गाएक थिए । कार्यक्रमको सञ्चालन नेपाल आईडलकी नियमित होस्ट रिमा बिश्वकर्माले गरेकी थिईन् । हेरौँ फोटोहरुः

तस्विरः संयोग नेपाल

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड