सुन्दरी आँचलको गज्जबको हाँसो (फोटोफिचर)

नायिका आँचल शर्माको चर्चा अहिले सबैतिर छ । उनी अभिनित चलचित्र ‘जोनी जेन्टलम्यान’ले पनि हलमा राम्रो ब्यापार गरिरहेको छ भने चलचित्र प्रदर्शनमा आएकै दिन उनले अर्को चलचित्रमा अनुबन्धित भएको घोषणा भएको छ ।

‘नाई नभन्नु ल ४’ मार्फत नेपाली सिनेजगतमा डेब्यु गरेकी नायिका आँचल शर्माको दुईओटा फिल्महरु प्रदर्शनमा आईसकेका छन् । उनले अब मल्टिस्टारर फिल्ममा काम गर्ने भएकी छिन् । मह सञ्चारको प्रस्तुतीमा किरण केसीको चलचित्र ‘शत्रु गते’ मा उनी देखिने भएकी छिन् । कतिले आँचल फिल्मक्षेत्रमा बल्ल भिज्न सकेको बताएका छन् भने कतिले उनलाई भाग्यमानी समेत भन्नेथालेका छन् ।

उसो त आँचल चलचित्रको कारणले मात्र चर्चामा छैनन् । उनको चर्चाको अर्को गतिलो कारक बनेका छन् हरेक फिल्ममा उनको को–स्टारको रुपमा रहेका पल शाह । बिभिन्न मिडियाहरुमा पल र आँचल प्रेमी–प्रेमीका हुन् भन्ने खबर आईरहँदा उनीहरुले भने आफु दुवै एकदमै मिल्ने साथीहरुमात्र भएको बताउँदै प्रेमलाई अस्विकार गर्दै आईरहेका छन् । मिलेको जिउडालकी उनी काममा पनि उत्तिकै ध्यान दिन्छिन् ।

तस्विरः संयोग नेपाल/गज्जबको अनलाईन

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड