रिलिजको तयारीमा लवटको ‘माया मेरी साह्रै राम्री’।

‘टोखा बजार’ बोलको गीतले चर्चामा आएका गायक बीर कृष्ण लवट ‘म त होइन तिम्रो’ गीत लिएर नेपाली गीत संगीतको क्षेत्रमा पुनः कमब्याक गरिसकेका छन् । गायक लवटको सो गीतलाई दर्शक तथा श्रोताहरुले रुचाए पनि । त्यसोत अहिले उनी नयाँ गीत रिलिजको तयारीमा रहेका छन् । गायक लवटले अब चाँडैनै ‘माया मेरी साह्रै राम्री’बोलको गीतको म्युजिक भिडियो रिलिज गर्ने तयारीमा रहेका छन् । उनले यस गीतलाई आफ्नो दोस्रो एल्बम ‘स्टार’बाट साभार गरेका हुन् । गायक लवटको यो गीतको भिडियोलाई मुस्ताङको रमणीय ठाउँहरुमा छायाङकन गरिएको छ । गायक लवटका अनुसार साधारण तर प्रभावकारी म्युजिक भिडियो यसपटक रिलिज गर्दैछन् । उनका अनुसार ‘माया मेरी साह्रै राम्री’गीतको भिडियो दशैं पर्वको अवसरमा रिलिज हुनेछ ।

गायक लवटको केहि गीतहरुको अडियो पनि युट्युभमा सार्वजनिक भइसकेको छ । जस्मा, मेरी मायालु, म त होइन तिम्रो, टोखा बजार, बिर्सेर गयो, किनर माया र माया मेरी साह्रै राम्री बोलको गीतको अडियो भने सामाजिक सञ्जाल युट्युभमा सार्वजनिक भइसकेका छन् । आफ्नो दर्शकहरुलाई रिलिज गरिएको गीतको भिडियोलाई हेरेर प्रतिक्रिया दिनका लागि गायक लवटले आग्रह पनि गरेका छन् । दर्शकहरुबाट आउने प्रतिक्रिया मार्फत आफुले अझ नेपाली गीत संगीतको क्षेत्रमा अगाडी बढ्ने हौसला मिल्ने बताउँछन् ।

उनले बि.सं. २०६३ सालमा आफ्नो पहिलो एल्बम बजारमा ल्याएका थिए भने सोही एल्बममा समाबेश गरिएको ‘टोखा बजार’ बोलको गीतले उनलाई चर्चाको शिखरमा पु¥याएको थियो । गायक बीर कृष्ण लवट काठमाडौंको टोखा क्षेत्रकै बासिन्दा हुन् । उनले ल्याएका ‘टोखा बजार’ बोलको गीतले काठमाडौंको टोखा क्षेत्रमा मात्र नभएर नेपाल भरीनै उनलाई चर्चामा ल्यायो । त्यस्तै, गायक लवट केही ब्याण्डमा आवद्ध भएर गिटारिष्ट र गायकको रुपमा स्टेज प्रोग्रामहरुमा पनि प्रस्तुत दिएका थए ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड