रीमाको फरक–फरक एक्प्रेसन (फोटोफिचर)

रीमा बिश्वकर्मालाई पछिल्लो समय नायिका भन्दा पनि टेलिभिजन होस्ट भनेर धेरैले चिनेका छन् । नेपालको पहिलो अन्तराष्ट्रिय फ्रेन्चाईज शो ‘नेपाल आईडल’ की होस्टको रुपमा टेलिभिजनको पर्दामा देखिएकी उनको चर्चा पनि कुनै आईडलको भन्दा कम छैन । आईडलमा काम गरेपछि उनको चर्चा र हाईप यतिधेरै बढेको छ कि उनलाई कामले भ्याईनभ्याई छ । आईडलमा जानुभन्दा पहिला पनि काममा ब्यस्त रीमा आईडलमा गएपछि झ्न बढि ब्यस्त भएकी छिन् ।

२०६८ मा प्रदर्शनमा आएको प्रसन्न पौडेल निर्देशित चलचित्र ‘स्वर’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी रीमा अहिले पनि बिभिन्न म्युजिक भिडियोहरुम काम गरिरहेकी छिन् । ‘स्वर’ बाट डेब्यु गरेकी उनले ‘भिषा गर्ल’, ‘ऋतु’, ‘स्केप’, ‘सिक्स फिट लाईफ’, ‘भाले फाईट’, ‘बाटो मुनीको फूल २’ लगायतका चलचित्रहरुमा काम गरिसकेकी छिन् । नेपाल टेलिभिजनमा भिजे र अर्को एक टिभीमा समाचार बाचिकाको रुपमा समेत काम गरिसकेकी रीमा अब आगामी दिनमा म्युजिक भिडियो र आगामी चलचित्रको तयारीमा लागिरहेकी छिन् ।

तस्विरः संयोग नेपाल

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड