छोरीभन्दा आमा तरुनी (फोटोफिचर)

लोकदोहोरी क्षेत्रमा निकै नै चर्चा कमाएकी गायिका हुन् मञ्जु पौडेल । ‘तिमी लाईटर म भाको चुरोट’, ‘तल तल लाग्यो मलाई’, ‘जाले रुमाल’ लगायतका दर्जनौ गीतहरुमा आवाज दिईसकेकी मञ्जुले हालसालै एउटा गीत सार्वजनिक गरेकी छिन् । जसमा उनले आफ्नै छोरी स्नेहा पौडेललाई फिचरिङ गराएकी छिन् । ‘दामी छ रेन्त’ बोलको गीतमा छोरीको गज्जबको डान्स देखिन्छ भने आमा मञ्जुले गीतमा आवाज दिएकी छिन् ।

बि.एम.एस म्युजिक कम्पनीकी सञ्चालक समेत भएकी मञ्जु अहिले पनि लोकदोहोरीको क्षेत्रमा उत्तिकै सक्रिय छिन् । उनी देश तथा बिदेशका कार्यक्रमहरुमा ब्यस्त रहेकी मञ्जुले गीत आउने अनुपातमा कुनै पनि कमी भएको छैन । उनले आफ्नो कम्पनीमार्फत बिभिन्न रमाईला र ठट्यौली प्रकारका गीतहरु बजारमा ल्याउने गर्छिन् ।

मञ्जुसँगै उनकी छोरी स्नेहा पौडेल पनि कलाकारिता क्षेत्रमा नै सक्रिय छिन् । आफ्नै आमाको गीत ‘तिमी लाईटर म भाको चुरोट’ मार्फत मोडलको रुपमा नेपाली कलाकारिता क्षेत्रमा डेब्यु गरेकी स्नेहाले अहिलेसम्म आईपुग्दा कयाँै म्युजिक भिडियोहरुमा काम गरिसकेकी छिन् । उनी बिशेषत आफ्नौ प्रोडक्सन बाट आएका म्युजिक भिडियोहरुमा देखिन्छिन् । म्युजिक भिडियोका साथै स्नेहाले एक वेबसिरिजमा काम गरेकी छिन् । योर स्टाईल टिभीबाट रिलिज भएको वेब सिरिज ‘हाम्रो हाईस्कुल’को सातौँ भागसम्म स्नेहाको अभिनय रहेको छ ।

धेरैले मञ्जु र स्नेहालाई सँगै हिड्दा आमा छोरी नभनी दिदिबहिनी भन्ने गर्छन् । उनीहरुमा आमाछोरी भए पनि साथी झैँ छन् । दुवैले आफ्ना कुराहरु एकअर्कालाई सेयर गर्छन् जसले गर्दा कुनै बैदेशिक कार्यक्रममा जाँदा पनि दुईजना सँगै नै गईरहेका हुन्छन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड