जनार्दन शर्मालाई भेट्न किन गए बद्री पंगेनी

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गीत संगितमा आएको विकृतिवारे गृहमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । मंगलबार गृहमन्त्रालयमा पुगी लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी सहितको टिमले गृहमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण हो । गीत संगित क्षेत्रमा ब्यापक विकृती र विसंगति आएको र सिंगो संगित क्षेत्रको बदनाम भएको भन्दै त्यसलाई रोक्नुपर्ने माग राखिएको छ ।

कुनै पनि मेला महोत्सवमा छाडापन देखाउने र छाडा गीत गाउने कलाकार तथा ब्यक्तिहरुलाई कार्वाही गर्न भन्दै ज्ञापनपत्र बुझाईएको छ । ज्ञापन पत्र बुझ्दै गृहमन्त्री जनार्दन शर्माले संगीत क्षेत्रमा आएको विकृतीप्रति आफु संवेदनशिल भएको बताए । साथै तत्काल सामाजिक विकृतीलाई नियन्त्रण गर्न प्रशासलनाई निर्देशन दिने पनि आश्वासन दिए । गृहमन्त्री शर्माले लिखित रुपमै माग पुरा गर्ने आस्वासन दिएका थिए ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड