कन्दरा ब्यान्डको ‘बोलुँ की नबोलुँ’ (भिडियो)

कन्दरा ब्यान्डको नयाँ गीत ‘बोलुँ की नबोलुँ’ सार्वजनिक भएको छ । वर्षौँ पछि एल्बममा रहेको ‘बोलुँ की नबोलुँ’ गीतमा सफल कार्की र अर्चना कार्कीको अभिनय छ । गीतमा विवेक श्रेष्ठले आवाज दिएका छन् । सुनिल थापाको शब्द संगीतमा बनेको गीतको म्युजिक भिडियोमा सुन्दर दृश्यहरुलाई उतारिएको छ । म्युजिक भिडियोका सम्पादन, छायांकन र निर्देशन जीवन रसाईलीले गरेका हुन् ।

म्युजिक एरेनजर सुनिल थापा हुन् । कन्दरा ब्यान्डका सदस्यहरु मिलेर बनाएको भिडियो युटूबमा लोकप्रिय हुँदै गएको छ । कन्दरा ब्यान्ड नेपालको चर्चित म्युजिकल ब्यान्ड अन्र्तगत पर्दछ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड