मुक्तकः माया गर्नेहरुको पनि जिवन बिमा हुनुपर्छ?

प्रेम पुन पेशाले पत्रकार हुन् । विगत ८ वर्षदेखि पत्रकारीतमा सक्रिय पत्रकार पुन साहित्यमा पनि रुचि राख्छन् । उनी साहित्यका विभिन्न विधामा कलम चलाउँछन् । विशेषगरि उनको दक्षता गजल र मुक्तक लेखनीमा छ । गज्जबको कुरा त के छ भन्दा उनको नाम पनि प्रेम र उनी प्रेम सम्बन्धि रचनाहरु नै बढि लेख्ने गरेका छन् । हामीले यहाँ प्रेमका केहि प्रेमील मुक्तकहरुलाई पस्केका छौँ ।

मुक्तक

म तिम्रो सुन्दरता नाप्ने यन्त्र बनाउँछु ।
सबैले तिमीलाई हेर्ने केन्द्र बनाउँछु ।
मख्ख परोस् यो रंगिन दुनियाँ पनि,
म तिमीलाई विश्व सुन्दरी जिताउने संयन्त्र बनाउँछु ।

——————————————————————————————————————————–

मेरो होईन तिम्रो भाव हुन सक्छ ।
अनुहारमा पनि त नकाब हुन सक्छ ।
सकारात्मक पनि सोच्नुपर्छ है तिम्ले,
बन्द खाम भित्र पनि गुलाब हुनसक्छ ।

——————————————————————————————————————————–

म भन्छु सुन्दरताको पनि एउटा सिमा हुनुपर्छ ।
तिम्रो नाम पनि अब रिमा हुनुपर्छ ।
तिमीलाई देखेर कसैलाई हटअट्याक भए के हुन्छ,
त्यसैले माया गर्नेहरुको पनि जीवन बिमा हुनुपर्छ ।

——————————————————————————————————————————-

सोधी हेरेँ आफैलाई मन कहाँ हुन्छ ?
मन भित्र लुकेको त्यो बच्पन कहाँ हुन्छ ?
दुई हातले समातेर निमोठ्नु छ त्यसलाई.
धकधक गर्दै धड्किने धड्कन कहाँ हुन्छ ?

——————————————————————————————————————————–

 

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड