‘इनास अवार्ड’: उत्कृष्ट फिल्म ‘जात्रा’, उत्कृष्ट नायक बिपिन र नायिका सृजना (फोटोफिचर)

शुक्रबार राजधानीको राष्ट्रिय सभा गृहमा भव्य समारोहका बीच ‘पाँचौ इनास फिल्म अवार्ड’ सम्पन्न भएको छ । अवार्डमा उत्कृष्ट चलचित्र ‘जात्रा’ घोषित भएको थियो । सर्वोत्कृष्ट नायक ‘जात्रा’ चलचित्रबाट बिपिन कार्की र सर्वोत्कृष्ट नायिका ‘डाइङ क्यान्डल’ चलचित्रबाट श्रृजना सुब्बा भईन् ।

एनआरएनएका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्डमा २० विधामा अवार्ड प्रदान गरिएको थियो । चलचित्र ‘विर विक्रम’बाट मिलन चाम्सले उत्कृष्ट निर्देशकको अवार्ड हात पारे भने यहि चलचित्रबाट नायिका दिया पुनले उत्कृष्ट नव–नायिकाको अवार्ड पाईन् । चलचित्र ‘लभ लभ लभ’ बाट सुरज पाण्डेले उत्कृष्ट नव–नायकको अवार्ड पाए । जुरी अवार्ड अन्तर्गत उत्कृष्ट चलचित्रमा ‘घामपानी’ र उत्कृष्ट निर्देशकमा दिपेन्द्र खनाललाई अवार्ड प्रदान गरियो । यस्तै, चलचित्र तुइमति, दर्पणछाया २, नमस्ते नेपाल र फन्कोलाई ‘प्रोत्साहन पुरस्कार’ प्रदान गरियो ।

‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाइ प्रदान गरियो । विभिन्न क्षेत्रमा योगदान पुर्याउने बरिष्ठ व्यक्तिहरुलाई ‘इनास विशिष्ट सम्मान’बाट सम्मानित पनि गरियो । सम्मानित हुनेहरुमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, इतिहासविद् सत्यमोहन जोशी, गायक तथा संगीतकार प्रेमध्वज प्रधान, निर्देशक तथा गीतकार चेतन कार्की, नृत्यांगना विमला श्रेष्ठ रहेका थिए ।

इनासका ग्लोबल अध्यक्ष पुष्प बडुवालको सभापतित्वमा सम्पन्न अवार्ड समारोहमा ‘सक्रिय चलचित्र पत्रकारिता पुरस्कार’ ३ जना पत्रकारलाई प्रदान गरियो । ठूलोपर्दा डटकममा जीवन पराजुली, अनलाइनखबर डटकममा पत्रकार ‘विजय सुवेदी ‘आवाज’ र रेडियोकर्मी लोकराज अधिकारीलाई पुरस्कार प्रदान गरिएको थियो । उनीहरुलाई पुरस्कारपत्र र जनही नगद १० हजार सहित पुरस्कृत गरिएको हो । यस्तै, रेडियो अडियोका अमितचन्द्र अधिकारीलाई ‘इनास सम्मान’ प्रदान गरिएको छ ।

कार्यक्रममा हास्यकलाकार जितु नेपाल, नायक सलोन बस्नेत र नायिका करिश्मा श्रेष्ठको नृत्य, संगीतकारद्धय बसन्त सापकोटा, राजनराज सिवाकोटीको गायन, कलाकार रोहित रुम्बा र हास्यकलाकार महादेव त्रिपाठीको प्रस्तुतीले माहोललाइ गज्जब बनाएको थियो ।

यी हुन् ‘पाचौँ इनास अवार्ड’ पाउनेहरुको सुचीः
१. उत्कृष्ट चलचित्रः जात्रा
२. उत्कृष्ट निर्देशकः मिलन चाम्स(विर विक्रम)
३. उत्कृष्ट नायकः विपिन कार्की(जात्रा)
४. उत्कृष्ट नायिकाः श्रृजना सुब्बा(डाइङ क्यान्डल)
५. उत्कृष्ट सह–अभिनेताः माओत्से गुरुङ(पुरानो डुङ्गा)
६. उत्कृष्ट सह–अभिनेत्रीः बर्षा राउत(छक्का पन्जा)
७. उत्कृष्ट नव–अभिनेताः सुरज खड्का(लभ लभ लभ)
८. उत्कृष्ट नव–अभिनेत्रीः दिया पुन(विर विक्रम)
९. उत्कृष्ट नव–निर्देशकः दीपाश्री निरौला(छक्का पन्जा)
१०. उत्कृष्ट खलपात्रः सौगात मल्ल(लूट २)
११. उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे( छक्का पन्जा)
१२. उत्कृष्ट पटकथाः दीपेन्द्र लामा( घामपानी)
१३. उत्कृष्ट पाश्र्व गायकः ताराप्रकाश लिम्बु( विर विक्रम)
१४. उत्कृष्ट पाश्र्व गायिकाः अन्जु पन्त(छक्का पन्जा)
१५. उत्कृष्ट संगीतकारः राजनराज सिवाकोटी(छक्का पन्जा)
१६. उत्कृष्ट शब्दः दयाराम पाण्डे(पलाँस)
१७. उत्कृष्ट छायांकनः रविन आचार्य र दिवांकर सिग्देल(डाइङ क्यान्डल)
१८. उत्कृष्ट सम्पादनः मित्र गुरुङ( जात्रा)
१९. उत्कृष्ट कोरियोग्राफरः कविराज गहतराज(छक्का पन्जा)
२०. उत्कृष्ट द्धन्द्ध निर्देशकः राजकुमार उप्रेती(लुट २)

तस्विरः संयोग नेपाल/गज्जबको अनलाईन

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड