रेडियो अडियोका निर्देशक अधिकारीलाई विशेष सम्मान

रेडियो अडियोका निर्देशक अमित चन्द्र अधिकारीलाई अन्तराष्ट्रिय नेपाली कलाकार समाज ग्लोवल समितिद्धारा सम्मान गरिएको छ । राजधानी काठमाण्डौंमा सम्मपन्न पाँचौ इनास फिल्म अवार्ड २०७४का अबसरमा निर्देशक अधिकारीलाई ‘इनास सम्मान’ प्रदान गरिएको हो । ईनासले बिगत पाँच बर्ष देखि देश बिदेशमा ईनास फिल्म अवार्ड गर्दै आएको छ । बर्ष भरि प्रदर्शन भएका चलचित्र र चलचित्रकर्मीलाई सम्मान गर्ने उदेश्यले आयोजना हुने कार्यक्रममा नेपाली कला र संस्कृतिको उत्थान र बिकासमा योगदान दिनेहरुलाई पनि ईनासले सम्मान गर्दै आएको छ । यहि सिलसिलामा यसपाली रेडियो अडियोका निर्देशक अमितचन्द्र अधिकारीलाई पनि इनासले सम्मान गरेको छ ।

एकदशक अघि बजार प्रतिनिधीमा रुपमा रेडियो अडियोमा सेवा शुरु गरेका अमित अहिले निर्देशकको जिम्मेवारीमा छन् । एक दशक लामो कार्य अनुभवमा रेडियोको व्यवसायीक बजार बिस्तारसँगै नेपाली गीत संगीत कला र संस्कृति खासगरी चलचित्र उद्योगका लागि उनले गरेको सेवा उदाहरणीय छ ।

तनहुको मिर्लुङ चन्द्रावतिमा जन्मिएका अधिकारी ०५८ सालमा उच्च शिक्षाका लागि काठमाडौं भित्रिएका थिए । मेहनती र सकारात्मक सोंचका अनुयायी अधिकारीले सम्मान पाएपछि हामीसँग भने – ‘यहि काठमाडौ हो बाँच्नका लागि ट्याक्सी चलाएँ । प्रजा परिषद पार्टीको कार्यलयमा चिया पकाउने काम गरे । भक्तपुर लोकन्थलीमा बाल गार्डेन थियो त्यहाँ रेल गुँडाए । काम गर्न लाज मानिन । अप्ठेरो लागेन । त्यहि सोचको परिणाम आज राष्ट्रकवि माधव घिमिरे , संस्कृतिबिद्ध सत्यमोहन जोशी लगायत अग्रजलाई साक्षी राखेर मदन दाई र हरि दाईको हातबाट सम्मान पाए । धन्यवाद इनास, मेरो जोश बढाई दिएकोमा ।’

अधिकारीले आफ्नो प्रसारण संस्था रेडियो अडियोले नेपाली गीत संगीतको प्रसारण गरे वापत रोयल्टी दिएको बताउदै आउदा दिनमा त्यस्ता कार्यलाई अझै प्राथमिकतामा राख्ने योजना सुनाए । अमित कार्यरत रेडियो अडियो हास्य ब्यङ्ग्य मनोरंजन संगै नेपाली चलचित्रको प्रवद्र्धन र नेपाली गीत संगीतको सम्बद्र्धनको लागि कटिबद्ध भएर लागी रहेको प्रसारण संस्था हो ।

 

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड