१ सय २० गीत समावेश ‘मनभित्रको मन’ सार्वजनिक

कवि तथा गीतकार कृष्णबहादुर थापा क्षेत्रीको गीतिसंग्रह ‘मनभित्रको मन’ सार्वजनिक गरिएको छ । राजधानीको अनामनगरस्थित विनायो क्याफेमा आयोजित कार्यक्रममा उनको गीतिसंग्रह वरिष्ठ कवि तथा गीतकार रत्नशमशेर थापाको हातबाट सार्वजनिक गरिएको हो ।

गीतिसंग्रहमा १२० वटा गीतहरु समावेश छन् । कार्यक्रममा बोल्दै वरिष्ठ गीतकार थापाले कृष्णबहादुर थापा क्षेत्री एक असल गीतकारको रुपमा नेपाली सांगितिक क्षेत्रमा भित्रिएको बताए । प्रवासको बसाईलाई घरबासका दुःखसुख र माटोसँग प्रस्तुत गर्न सफल भएको बताउँदै गीतकार थापाले आगामी दिनमा यसको निरन्तरता दिन छाड्न नहुने बताए

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड