दक्षिणकालीमा को सँग ऋषि धमला पत्नी, यस्तो छ रहस्य ? (फोटो फिचर)

चर्चित पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमले चलचित्रका लागि नायक भेटाएकी छिन् । उनको चलचित्र अनुरागका लागि दीपक घिमिरे, पल शाहको नाम चर्चामा आएपनि दक्षिणकाली मन्दिरमा एलिजा नयाँ नायकसँग देखिएकी हुन् । दीपक र पलसँग कुरा नमिलेपछि चलचित्रको नायकमा समुन्द्र पण्डित पक्का भएको बुझिएको छ ।

एलिजा, लक्ष्मी पुजाको दिन चलचित्रको स्कृप्ट पुजा नव नायक पण्डितसहित दक्षिणकाली मन्दिर पुगेकी थिइन् । नायक, नायिकासँगै चलचित्रका निर्देशक सत्यराज चौलागाईँ, निर्मात्री गीता भेटवाल, संगीतकार सरोज पोख्रेललगायतको टोली दक्षिणकाली पुगेर स्कृप्ट पुजा गरेको हो ।

कार्तिक २३ गतेबाट चलचित्रको छायांकन सुरु गर्ने तयारी रहेको छ । चलचित्रमा रामकुमार केसीको छायांकन, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र अगत केसीको पटकथा तथा संवाद छ। हेर्नुहोस स्कृप्ट पुजा गर्दाका केहि तस्विर ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड