राजेश हमाल अभिनित ‘कखरा’को ट्रेलर सार्वजनिक

शैक्षिक चलचित्र ‘कखरा’को ट्रेलर सार्वजनिक भएको छ । राजेश हमाल र सौगात बिष्टलाई मुख्य भुमिकामा देखाईएको चलचित्रमा दण्डहीन शिक्षालाई प्रोत्साहन दिन खोजिएको छ । एक्ट्रा एन्जल गर्बु फिल्म्स प्रा.ली.को प्रस्तुतीमा बनेको चलचित्रलाई दिकेश लामाले निर्देशन गरेका छन् ।

बिनोद लामाको निर्माणमा बनेको चलचिलाई हरी घले लामाले छायांकन गरेका हुन् । मिन गुरुङको संगीत निर्देशनमा बनेको चलचित्रमा सुर्य गुरुङ सहायक निर्देशकको रुपमा रहेका छन् । प्रदर्शन मिती सार्वजनिक नगरिएको चलचित्रमा राजेश र सौगातको अलावा भुपेन चद्र, सौजन्य सुब्बा, श्रीकृष्ण न्यौपाने, अमित गुरुङ, गजित बिस्ट लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड