कुन राशिलाई सम्बन्ध बिच्छेदपछि कस्तो असर पर्छ ?

१. मेष
मेष राशिफल भएको मानिसको माया प्रेमका सम्बन्धहरु छिट्टै जोडिने र छिट्टै छुट्टिने गर्दछ । यस राशिफल भएको ब्यक्तिको सम्बन्ध बिच्छेद पश्चात समस्या समाधान गर्न गाह्रो हुनेछ ।

२. वृष
यो राशि भएको मान्छेको सम्बन्ध बिच्छेद पश्चात अर्काे सम्बन्धमा बस्नको लागि धेरै समय प्रतिक्षा गर्नुपर्ने हुनसक्छ । पहिले सम्बन्धमा बसेको ब्यक्तिसंग बिताएका पलहरुको याद धेरै नै आउने हुन्छ ।

३.मिथुन
यो राशि भएको मान्छेको सम्बन्धको बारेमा भन्नु पर्दा अलि अजिब किसिमको सम्बन्ध हुने गर्दछ । एक आपसमा भएको सम्बन्ध बिच्छेद पश्चात दुःखी नहुने हुन्छ । कुनै समस्या आयो भने सजिलै सम्बन्ध बिच्छेद हुनसक्छ ।

४. कर्कट
सम्बन्धमा रहदा एकआपसमा धेरै नै माया प्रेम गर्ने गर्दछन् । सम्बन्ध बिच्छेद पछि आफ्नो जीवनसाथीलाई भावनात्मक पिडा दिइरहने हुन्छ र सम्बन्ध बिच्छेद पश्चात अर्काे सम्बन्ध जोडनको लागि केहि समय लाग्ने हुनसक्छ ।

५. सिंह
यो राशि भएको ब्यक्तिले आफ्नो जीवनसाथीलाई जहिले पनि शंका गर्ने गर्दछ । सम्बन्ध बिच्छेद पछि जहिले पनि पहिलेको सम्बन्ध फेरि पनि जोडिन्छ भन्ने सोच्ने गर्दछ ।

६. कन्या
यो राशि भएको ब्यक्तिलाई पुरै सम्बन्ध बिच्छेद भएर बस्न धेरै नै गाह्रो छ । सम्बन्ध बिच्छेड पछि पनि राम्रो साथी भएर बस्ने गर्दछन् ।

७. तुला
यो राशि भएको ब्यक्तिले सम्बन्ध बिच्छेद पश्चात धेरै नै दुःखी हुने गर्दछन् र अर्काे सम्बन्धमा बस्नको लागि चाहदैनन् ।

८. वृश्रिक
यो राशि भएको ब्यक्ति धेरै भावनमा डुब्ने खालको हुन्छ । सम्बन्ध बिच्छेद पश्चात आफुले आफुलाई सम्हाल्न धेरै गाह्रो हुने गर्दछ ।

९. धनु
धनु राशि भएका ब्यक्तिको सम्बन्ध बिच्छेद भएपनि जीवनमा धेरै फरक नपर्ने हुन्छ किनभने मनमा दुःख पीडा भएपनि छिट्टै नै अर्काे सम्बन्ध बिस्तार गरिहाल्ने खालको हुन्छ ।

१०. मकर
यो राशि भएका ब्यक्तिले आफ्नो सम्बधमा धेरै नै ईमान्दार हुने हुन्छ । ईमान्दार हुदा हुदै पनि सम्बन्धमा कुनै समस्या आयो भने राम्रो संग समस्याको समाधान तिर लाग्ने गर्दछन् ।

११.कुंभ
यो राशि भएको ब्यक्तिलाई सम्बन्ध बिस्तार गर्नलाई केहि समय लाग्ने हुन्छ त्यसैले सम्बन्ध बिच्छेद पनि मुस्किलले हुने गर्दछ ।

१२. मीन
सम्बन्ध बिच्छेद पश्चात यो राशि भएको मान्छे डिप्रेशनको शिकार पनि हुनसक्ने हुन्छ । सम्बन्धलाई सकेसम्म सम्हालेर लाने धेरै कोषिस गर्ने गर्दा एकदमै राम्रो हुन्छ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड