मोवाईलमै ब्यस्त दीपकराज गिरीकी छोरी (फोटोफिचर)

चलचित्र ‘छक्का पन्जा २’ले बिहिबार ५१ औँ दिन मनाएको छन् । राजधानीको सिटी सेन्टरमा आयोजित कार्यक्रममा चलचित्रकर्मी, पत्रकार र शुभचिन्तकहरुको बाक्लो उपस्थित रहेको थियो । कार्यक्रममा चलचित्रका कलाकार तथा प्राबिधिकहरुको टीमलाई मायाको चिनो प्रदान गरिएको थियो । ‘छक्का पन्जा २’को ५१ औँ दिनको कार्यक्रममा हास्यकलाका दीपकराज गिरीको छोरी मौषमी गिरी पनि पुगेकी थिईन् । उनी दीपकराज गिरीको छोरीमात्र नभएर चलचित्र ‘छक्का पन्जा २’की कलाकार पनि हुन् । चलचित्रमा उनको छोटो भुमिका रहेको छ । बिहिबार ‘छक्का पन्जा २’को ५१ औँ दिनको कार्यक्रममा उनी पहेँलो ड्रेसमा त्यहाँ पुगेकी थिईन् । अन्य अग्रज कलाकार तथा साथीहरुसँग गफ गरिरहेकी उनको तस्विर हाम्रो क्यामेरामा कैद भएको छ । हेरौँ दीपकराज गिरीकी छोरी मौषमी गिरीकी छोरीको फोटोहरुः

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड