जितुले सुरु गरे आफ्नै युट्युब च्यानल, पहिलो अन्तर्वार्ता निरुतासँग

हास्यकलाकार जितु नेपाल(मुन्द्रे) ले आफ्नै युट्युब च्यानल सुरु गरेका छन् । आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै हास्यकलाकार जितु नेपालले दर्शक तथा शुभचिन्तकहरुलाई आफ्नो च्यानलमा राखेको पहिलो भिडियो हेरिदिनको लागि आग्रह गरेका छन् । पढौँ जितुको स्टाटसः

मेरा अती आदरणिय दर्शक, सुभ चिन्तक, फलोअर्सहरूमा सानो अनुरोध… यो jitu comedy भन्ने चॉही मेरो आफ्नै निजी, च्यानल हो अब यस मार्फत हजुरहरूलाई मनोरन्जन दिने जमर्को गरीरहेको छु जसको सुरूवात चर्चित नायीका निरूता सिंह संगको कुराकानी प्रस्तुत गरेको छु, अब यसलाई हेरेर लाईक कमेन्ट र सशक्राईब गर्ने जिम्मा हजुरहरूको है …

जितुले युट्युब च्यानलको सुरुवाती भिडियो नायिका निरुता सिंहसँगको अन्तर्वार्ता हो भनिरहँदा उनले एक बर्षअघि नै यो च्यानलमा आफ्ना तीन भिडियोहरु राखिसकेका रहेछन् । २०१६ को जनवरी १४ मा खोलेको युट्युब च्यानलमार्फत पनि जितु अब दर्शकहरुमाझ छाउने भएका छन् । हेरौ निरुतासँग जितुको कुराकानीः

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड