नायिका बन्न चाहन्छुः बेली डान्सर बिनु

बेली डान्सरका रूपमा करिअर अघि बढाएकी सिन्धुपाल्चोककी बिनु शाक्य चलचित्रमा फड्को मार्न चाहन्छिन् । ६ वर्षको उमेरदेखि नृत्य गर्दै आइरहेकी बिनुले अहिलेसम्म झन्डै एक दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । नृत्यलाई नै आफ्नो प्यासन ठान्दै ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी बिनुले अंग्रेजीमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी छन् । युनिसेफमा कार्यरत उनले केही स्टेज कार्यक्रमसमेत गरेकी छिन् । बेली डान्समा पोख्त बिनु सानैदेखि आफूलाई नृत्य क्षेत्र मन परेको बताउँदै भन्छिन्, ‘सानैदेखि नृत्यमा रुचि भएका कारण सबैले यसै क्षेत्रमा लाग्न सल्लाह दिएकाले यस क्षेत्रमा लागेकी हुँ ।’ बेली डान्स प्रशिक्षक एवं गायिका कमला सापकोटाले तिजको एउटा गीतमा नृत्य गर्न अफर गरेपछि म्युजिक भिडियोमा काम गरेको उनले बताइन् । उनले भनिन्, ‘त्यो गीत दर्शकले मन पराएपछि हिट भयो ।

त्यसपछि फेरि सुवास प्रधानले वान डे ट्यालेन्ट हन्टमा भिडियोका लागि अफर गरे । त्यसपश्चात् ग्ल्यामर क्षेत्रमा अझै आकर्षित भएकी हुँ ।’ नाटकमा समेत रुचि भएको बिनुले बताइन् । अभिनयको भोक मेटाउन अब चलचित्रमा काम गर्ने उनले जनाइन् ।नेपाली कला क्षेत्रमा नै आफूलाई पूर्ण रूपमा समर्पित गर्ने अठोट लिएर काम गरेको उनले बताइन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड