वरिष्ठ संगीतकार चन्द्रराज शर्माको निधन

वरिष्ठ संगीतकार तथा गायक चन्द्रराज शर्माको ७४ वर्षको उमेरमा बिहीबार निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित शर्माको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । ३० को दशकमा मञ्चित ‘मुनामदन’, ‘गौरी’लगायतका थुप्रै चर्चित नाटकमा संगीत भरेका शर्माले सयौँ आधुनिक, फिल्मी, राष्ट्रिय गीत तथा भजनमा संगीत दिएका छन् ।

झन्डै साढे दुई दशक प्रज्ञा प्रतिष्ठानमा संगीत विज्ञका रूपमा काम गरेका शर्माका ‘मनमा माया तनमा माया, तै पनि माया मार्न सकिनँ’, ‘नदीका दुई किनारा’, ‘आँखाहरूले रुन नखोजे’, ‘चपला अबला एक सुरमा’, ‘मेरो माल मलाई फर्काइदे बाबु ज्यान जोगाउनु छ भने’लगायतका थुप्रै गीत चर्चित छन् । सांगीतिक जीवनमा झन्डै साढे तीन सय गीतमा संगीत भरेका उनले चार दर्जनभन्दा बढी गीत गाएका छन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड