मण्डलामा ‘चिसो भञ्ज्याङ्’, यस्तो छ कथा

मण्डला थिएटर अनामगरमा नाटक चिसो भञ्ज्याङ मञ्चन भइरहेको छ । गत शुक्रबारबाट शुरु भएको नाटक आउँदो पौष ३० गतेसम्म मञ्चन हुनेछ । निर्देशक श्रेष्ठको नाटक चिसो भञ्ज्याङमा प्रेम, बाल्यकाल र युद्धले निम्त्याउने समस्यालार्ई समेटिएको छ । डेढ घण्टा लामो नाटकमा सूदुर पूर्वको एक गाऊ चित्रित छ ।

यस्तो छ कथा
त्यहाँको स्थानियहरु मेलाको तयारीमा जुटेका छन् । सो गाँउका बाबुसाहेबको छोरी मुना र उसको घरमा काम गर्नेको छोरो आलोकको बीचम प्रेमको मुना विस्तारै झाँङ्गीएको हुन्छ । त्यतिकैमा गाँउले बाबुसाहेबको कान्छी छोरी गरिमाले आलोकलाई माइली दिदी कमलासँग दोष लगाउँन पुग्छिन् । त्यस लगत्तै शोषक र सामन्तहरुको विरुद्धमा स्थानिय युवाहरु युद्धमा होमिन्छन् ।

नटकमा दीपिका ढकाल, सगुन पोखरेल, अनुप न्यौपाने, पूजा लामा, सविना नेपाली, रोशन सुवेदी, बारात लिम्बु, सञ्जिव राई, विकास पन्त, सीता राना मगर, उदय लिम्बु, विवेक रसाइली, अनुजा अधिकारी, समापिका गौतम र प्रतिक दुलालको अभिनय छ । नाटक साँझ पौने ५ बजे प्रर्दशनदेखि मञ्चन भइरहेको छ भने शनिबार दिउँसो १ बजे अतिरिक्त शो हुनेछ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड