कामले सफल र असफल भएका १० साउथ सुपरस्टारहरु

तमिल फिल्ममा ६७ वर्षको उमेरमा पनि फिल्मी सक्रियतालाई जारी राखेका एक विश्वब्यापी नाम हो रजनीकान्त । बलीउड फिल्महरुमा उनी जतिको सफल्ता प्राप्त गर्ने अभिनेता अझै सम्म पनि जन्मिन सकेका छैनन् । तामिल फिल्महरुको तुलनामा जतिको स्टारडम सायद कनै पनि तमिल अभिनेताले कमाएका छैनन् । तमिलनाडुको लोकतन्न्र खतरामा परेको र राज्यमा व्यापक भ्रष्टाचार बढेको आफूले कायर जसरी हेर्न नसकिने भन्दै राजनीतिक पार्टी खोलेर चुनावमा सहभागी हुने घोषणा गरेका रजनीकान्त तमिल फिल्मका बादशाह हुन् । बस सह चालकबाट फिल्मका सुपरस्टार बन्न पुगेका रजनीले राजनीतिमा फिल्मजस्तै कमाल गर्छन या गर्दैनन हेर्न बाँकी रहेको छ । उनलाई एक सफल अभिनेताको रुपमा लिईन्छ । उहाँ सँगै बलिउड प्रवेश गरेका त्यस्ता केहि दक्षिण भारतिय फिल्म स्टारहरूको सूचि यस्ता छन् ।
रजनीकान्त ः

दक्षिण भारतीय अभिनेता रजनीकान्तले सन् १९८३ मा फिल्म अन्धा कानुनबाट डेब्यु गरेका थिए । उनले गिरफ्तार, दोस्ती दुश्मनी, गैर कानूनी, भ्रष्टाचार, भैरवी लगायतका दर्जनौ फिल्महरुमा काम गरेका छन् ।
श्रुति हसन ः
फिल्म ‘लकी’बाट बलिउडमा डेब्यु गरेकी हुन् श्रुति हसनले । यो बाहेक दिल तो बच्चा हे जी, रमैया वस्तावैया, गब्बर इज ब्याक, वेलकम ब्याक लगायतका दर्जनौ फिल्ममा अभिनय गरेकी श्रुति हसनको करियर बलिउडमा खासै चम्कन सकेको छैन् ।
धनुष ः

सन् २००२ मा फिल्म ‘थुल्लुवधो ल्लामई’बाट डेब्यु गरेका धनुषले यस बाहेक तिरुडा तिरुडी, देवाथायई कन्देन, मरयां, रांझना लगायतका बलिउडमा अभिनय गरेका छन् । ‘रांझना’बाट बलिउड छिरेका धनुषले बलिउडमा सफल डेब्यू गरेपनि उनको दोस्रो बलिउड फिल्म ‘शमिताभ’ भने अन्यको तुलनामा खासै राम्रो प्रगति गर्न सकेन । उनको तेस्रो फिल्म आउने बारेमा कुनै खबर सार्वजनिक भएको छैन् ।
काजल अग्रवाल ः

सन् २००४ मा प्रदर्शनमा आएको फिल्म ‘क्यो हो गया ना’ बाट काजलले डेब्यु गरेकी हुन् । यो पश्चात फिल्म पश्चात उनी बलिउड फिल्म ‘स्पेशल २६’ मा अभिनय गरेकी छिन् । यो फिल्म हिट भएसँगै उनले मागधीरा, चन्दामामा, लगाएतका फिल्म खेलेकी छन् ।
तमन्ना ः

सन २०१३ मा बलिउड फिल्म हिम्मतवालाबाट डेब्यु गरेकी तमन्नाले धेरै फिल्महरुमा अभिनय गरीसकेकी छिन् । उनले हमसकल, इन्टरटेनमेन्ट लगायतका दर्जनौ फिल्ममा अभिनय गरीसकेकी छिन । यसबाहेक रेडी, पदिक्कादवन, बद्रीनाथ, वीरम लगायतका दक्षिण भारतीय फिल्ममा अभिनय रहेको छ ।
प्रकाश राज ः
दक्षिण भारतीय फिल्ममा खलनायक लगायत अन्य भुमिकामा देखिने एक चर्चित नाम हो प्रकाश राज । उनको बलिउड फिल्मको भुमिका दर्शकले अत्याधिक रुचाएका छन् । उनले मुथिना हारा, निष्कर्ष, प्रियम, दबंग २, जंजीर लगायतका फिल्ममा अभिनय गरेका छन् । उनी दक्षिण भारतिय फिल्म जस्तै बलिउडमा पनि खलनायकका रूपमा सफल बने ।
रामचरण ः
फिल्म ‘मगधिरा’बाट सर्वा्धिक सफलता र चर्चा बटुलेका रामचण प्रभुदेवाका छोरा हुन । अमिताभ बच्चनको सुपरहिट फिल्म ‘जंजिर’को रिमेकमा प्रियंका चोपडासँग डेब्यु गरेका थिए । उनलाई पनि बलिउड फिल्महरुमा सफल अभिनेताको रुपमा चिन्ने गरिन्छ ।
आर माधवन ः
photo of baliwood acter aar madhapको लागि तस्बिर परिणामदर्जनबढि फिल्ममा काम गरेका आर माधवनले सन् २००१ मा ‘रहेना हे तेरे दिलमे’बाट बलिउडमा डेब्यू गरेका हुन् । यो पछि ‘थ्री इडियट्स’, ‘रंग दे वसन्ती’, ‘गुरू’, ‘तनु विड्स मनु’ जस्ता सफल फिल्ममा काम गरेका छन् ।
पृथ्विराज ः
photo of baliwood acter prithbi rajको लागि तस्बिर परिणामबलिउड फिल्महरुमा काम गर्नेहरु मध्ये पृथ्वीराज पनि एक हुन । उनले ‘औरंगजेब’, ‘अइया’ आदि बलिउड फिल्ममा काम गरेपनि खासै उनले सफलता भने हासिल गर्न भने सकेनन् ।
सूर्या ः
‘सिंघम’ फिल्म सिरिजका अभिनेता सूर्याले रामगोपाल निर्दे्शित ‘रक्तचरित्र २’मा पनि काम गरे । तर फिल्मले खास सफलता हासिल गर्न सकेन । त्यसपछि उनले कुनै बलिउड फिल्ममा काम गरेका छैनन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड