२५औँ रजत महोत्सबमा देशभर प्रस्तुती दिदैँ नेपथ्य ब्याण्ड

नेपथ्य ब्याण्डले नेपालका तीन सहरमा सांगीतिक कार्यक्रम तय गरेको छ । स्थापनाको २५ आँै रजत महोत्सव मनाउदैँ गर्दा ब्याण्डले सांगीतिक कार्यक्रमको आयोजना गरेको हो । ब्याण्डले केहि समय अघि मात्र काठमाण्डौ, पोखरा र बुटवलका संगीतप्रेमी सामु प्रस्तुति दिएको थियो ।
आगामी पौष २८ गते झापाको दमकबाट सुरु गर्ने कार्यक्रम माघ १ गते नारायणघाट हुँदै माघ ४ गते भैरहवा पुगेर सकिनेछ । हिमाल, पहाड र तराईका सबै ठाउँमा चिसो बढेको यो समयमा गीत गाएर आम दर्शकलाई संगीतको माध्यमबाट न्यानोपन दिने ब्याण्डले जनाएको छ । मुलुकको पूर्वी, मध्य र पश्चिमी क्षेत्रको प्रतिनिधित्व गर्दै ब्याण्डले नयाँ तथा पुराना गीतको तयारी गरीरहेको छ ।
कार्यक्रमको पहिलो शो पुर्व झापाको दमकमा आयोजना गरीएको छ । ‘थ्री इन्क भिजन’, जय मिडिया र पुर्वाञ्चल रक्स ले आयोजना गर्ने कार्यक्रम बेलुकी साढे पाँच बजेदेखि सुरु बताईएको छ । झापामा पहिलो शो सम्पन्न गरे पश्चात माघ १ गतेका दिन नारायणी नदीको किनारमा नेपथ्यब्याण्डको प्रस्तुति रहने छ । नारायणीको कन्सर्ट सकिए लगत्तै ब्याण्डको अर्को प्रस्तुती भैरहवामा हुनेछ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड