अब साहित्यकारहरुलाई परिचयपत्र दिईने

नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्यकार परिचयपत्र दिने कार्य अन्तिम चरणमा पुगेको छ । प्रतिष्ठानका सदस्य मातृका पोखरेलले परिचयपत्रसँग सम्बन्धित कार्य्विधिसहितको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई बुझाइसकेको र अबको केही समयमा नै परिचयपत्र वितरण गर्न सकिने बताए ।

अहिलेसम्म पनि राज्यले साहित्यकारलाई पहिचान दिन नसकेको हुनाले परिचयपत्रको व्यवस्था गर्न लागिएको पोखरेलले बताए । प्रतिष्ठानले ‘विशिष्ट साहित्यकार परिचयपत्र’ र ‘लेखन साहित्यकार परिचयपत्र’ गरी दुई प्रकारमा परिचयपत्र वितरण गर्न लागेको हो । विशिष्ट साहित्यकार परिचयपत्र ६० वर्ष उमेर पुगेका र ४० वर्षसम्म नियमित साहित्य लेखनमा लागेकाले पाउनेछन् भने लेखन साहित्यकार परिचयपत्र ४० वर्ष उमेर पुगेका र २५ वर्ष नियमितरुपमा काम गरेको हुनुपर्ने छ । रासस

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड