छायाँछवि काव्य श्रृंखलाको सम्पन्न, सुदेश र संगीताको स्वरमा गुञ्जियो सिटिम्याक्स

छायाँछवि क्रियशनको आयोजनामा छायाँछवि काव्य शृङ्खलाको चौंथो सिलसिला सम्पन्न भएको छ । मंगलबार बागबजारको सिटिम्याक्सहलमा साहित्यकार राधेश्याम लेकाली एवं निर्देशक कलाकार निर्मल शर्माको विशेष आतिथ्यतामा छायाँछविले चौंथो काव्य शृङ्खला सम्पन्न गरेको हो । छायाँछवि काव्य शृङ्खलाकी संयोजक एवं मुक्तककार रश्मि रोदनको मुक्तक बाचनबाट कार्यक्रम शुरु भएको थियो ।

संयोजक रश्मि रोदनले कार्यक्रमबारे प्रकाश पार्दै उपस्थित साहित्यकार एवं चलचित्र तथा संगीतकर्मीलाई स्वागत गरेकी थिइन् संयोजक रोदनले छायाँछवि काव्य शृङ्खलाको पाँचौं शृङ्खला आगामी फाल्गुन ०७ मा गरिने बताइन् । छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले कार्यक्रमबारे प्रकाश पारे । मन्तव्य राख्दै प्रियले साहित्य, संगीत र चलचित्रको त्रीवेणीलाई एकीकृत गराउने प्रयास स्वरुप आयोजना गरिदै आएको बताए ।

कार्यक्रमको यस शृङ्खलामा चर्चित युवा कवि तथा साहित्यकार सुदेश सत्यालले कविता बाचन गरेका थिए भने गजलकार साहित्यकार संगीता थापाले गजलहरु सुनाएकी थिइन् । कार्यक्रमका विशेष अतिथी राधेश्याम लेकालीले यस्ता कार्यक्रमहरुको आयोजनाले युवाहरुमा साहित्यप्रतिको आकर्षण बढ्ने बताए ।

साथै अर्का विशेष अतिथी कलाकार तथा निर्देशक निर्मल शर्माले यस्तो किसिमको लोकप्रिय साहित्यिक कार्यक्रममा आउन पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रमका श्रष्टाद्वय सुदेश सत्याल र संगीता थापाले आफूलाई चौंथो सिलसिलामा चयन गरिएकोमा आभार व्यक्त गरेका थिए ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड