हलमा रिलिज भएको एक साता नबित्दै युट्युबमा आयो ‘पटुकी’

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र युट्युबमा रिलिज गरिएको छ । हलमा प्रदर्शनमा आएको १ साता पनि नबित्दै चलचित्रलाई युट्युबमा रिलिज गरिएको हो । हलमा प्रदर्शन गर्दा हलावालाको भाडासमेत नउठाएको चलचित्र निर्माण टीमले चलचित्रलाई युट्युबमा रिलिज गरेको बुझिएको छ ।

राम नेपालको निर्देशनमा बनेको चलचित्र ‘पटुकी’को ट्रेलरमा माया प्रेममा उत्पन्न हुने द्वन्द्वात्मक पक्षहरुलाई समेटिएको छ । म्याक्तेन कालुले कथा लेखेको चलचित्रमा लक्ष्मण घिमिरेको सिनेम्याटोग्राफी र राजनराज शिवाकोटीको संगीत रहेको चलचित्रमा सानु कुमार महर्जनको द्धन्द निर्देशन रहेको छ । कालुकै लगानी रहेको चलचित्रमा रजनीसँगै जेम्स बिसी, दिपिका कडेँल, रोजी श्रेष्ठ, हरि थापा लगायतका कलाकारहरुको मुख्य भुमिका छ । चलचित्रलाई नारीप्रधान भनिएको छ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड