ट्रेन्डिङको पहिलो नंवरमा ‘दर्पण छायांँ २’

तुलसी घिमिरेको निर्देशन गरेको चलचित्र ‘दर्पण छायाँ २’ ट्रेन्डिङको पहिलो नंवरमा आएको छ । बिहिबार सार्वजनिक गरिएको चलचित्र आईतबार बिहानबाट ट्रेन्डिङको पहिलो नंवरमा आएको हो । नेपालमा ट्रेन्डिङको पहिलो नंवरमा आउँदा चलचित्रलाई ७ लाख भन्दा धेरै पटक हेरिसकिएको छ । ९ हजार लाईक आएको चलचित्रको भिडियोमा १६ सय भन्दा धेरै कमेन्टहरु आएका छन्, यद्यपि युट्युबमा १ हजारभन्दा बढीले चलचित्रलाई डिसलाईक गरेका छन् ।

सहारा फिल्म्स प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रलाई सबु गदाल कार्की र रबि कार्कीले संयुक्त रुपमा निर्माण गरेका हुन् । डाक्टर लोप्सङ लामाको प्रस्तुतीमा बनेका चलचित्रमा र भारती घिमिरे र प्रकाश बराईलीको सम्पादन, रामेश्वर कार्कीको सिनेम्याटोग्राफी र छेडुप लामाको कोरियोग्राफी छ । चलचित्रमार्फत नायक पुष्पल खड्का र सहारा कार्कीले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका हुन् । बक्सअफिसमा राम्रो कलेक्सन गर्न नसकेको चलचित्रलाई युट्युबमा भने रुचाईएको छ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड