‘लप्पन छप्पन’मा यस्तो रुपमा देखिए सौगात र बर्षाको

सौगात मल्ल र बर्षा शिवाकोटीको अभिनय रहेको चलचित्र ‘लप्पन छप्पन’ युट्युबमा रिलिज भएको छ । चलचित्र निर्माण टीमले चलचित्रलाई आईतबार युट्युबमा रिलिज गरेको हो । फिल्ममा एक ग्याङको कथा देखाईएको छ । मुकुन्द भट्टको निर्देशनमा बनेको चलचित्र ‘लप्पन छप्पन’ गोल्डेन हिल्स पिक्चर्स र बासुलिङ्ग फिल्म्सले संयुक्त ब्यानरमा बनेको हो ।

डम्बर चन्दको निर्माणमा बनेको चलचित्रमा इन्द्र प्रसाद खरेल सह–निर्माता र सहदेव गौतम कार्यकारी निर्माताको रुपमा रहेका छन् । दीपक आरजेको संगीत, पुरुषोत्तम प्रधानको छायांकन र चन्द्र पन्तको द्धन्दमा बनेको चलचित्रमा प्रकाश जंग शाह र प्रवेश पौडेलको पटकथा छ । राजेन्द्र राजबहकको कोरियोग्राफी रहेको चलचित्रमार्फत प्रकाश जंग शाह र सिद खरेलले चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन् । चलचित्रमा सौगात र बर्षाको अलावा, अर्पण थापा, देवु श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड