‘गोर्खा पल्टनकी’ नायिका रंजीता गुरुङको नयाँ म्युजिक भिडियो

गोर्खा पल्टन नामक फिल्म खेलेर नायिका रंजीता गुरुङले प्रशंसा पाइन् । प्रशान्त तामाङको अपोजिटमा देखिएकी रंजीताको ‘गोर्खा पल्टन ‘सुपरहिट भयो । त्यसपछि ‘वडा नंम्बर ६’ मा पनि उनी नायिका भएर देखा परिन् । छक्का पञ्जा पनि हिट भयो । तर उनी त्यसै हराइन् । म्युजिक भिडियो हुँदै फिल्ममा प्रवेश गरेकी रंजीता फेरि म्युजिक भिडियोमै फर्किएकी छिन् । फिल्ममा सोचे अनुशार सफलता नपाएपछि उनी पुनः म्युजिक भिडियोमा आफुलाई राखेकी छिन् । हालैमा उनीद्धारा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । भरत कुमालको एकल शब्द, संगीत र आवाजमा सजिएको ‘मान्छे हुँ म’ बोलको म्युजिक भिडियोमा रंजीताको अभिनय छ । लोकदोहोरी भाकाको गीतलाई चर्चित गायिका टिका पुनले आवाज दिएकी छिन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड