‘रुपै मोहनी’का संगीतकार टंकको अर्को काण्ड, दुरुस्तै चोरे बंगलादेशी गीत (प्रमाणसहित)

संगीतकार तथा गायक टंक बुढाथोकी पछिल्लो समय चर्चामा छन् । चलचित्र ‘शत्रु गते’मा समावेश ‘रुपै मोहनी’ बोलको गीत सार्वजनिक भएपछि चर्चामा आएका टंक सकारात्मक भन्दा पनि नकारात्मक कारणले बढि चर्चामा आएका हुन् । उनलाई शत्रुगतेको ‘रुपै मोहनी’ गीत चोरेको आरोप स्वयं चोरिएको गीतका गायक कुमार बस्नेतले लगाएका थिए । हेरौँ चलचित्र ‘शत्रु गते’मा समावेश रुपै मोहनी बोलको गीतः

अग्रज स्रस्टा कुमार बस्नेतको ‘रौसी खान जाउँ’ बोलको गीतबाट संगीतकार बुढाथोकीले ‘रुपै मोहनी’को पहिलो स्थायी बनाएको कुमारले बताए । यो गीतको बिषयमा चलचित्र ‘शत्रु गते’का निर्मातासमेत रहेका हरिबंश आचार्यलाई फोन गरेर जानकारी गराउँदा हरिबंशले खासै चासो नदिएको समेत कुमार बस्नेतले खुलाए । हेरौँ कुमार बस्नेतको गीत ‘रौसी खान जाउँः

खासमा भन्नुपर्दा टंक बुढाथोकीको ‘रुपै मोहनी’ मात्र नभएर ३ बर्ष पहिला सार्वजनिक भएको ‘ओए लब्ली’ बोलको थारु भाषाको गीत पनि चोरेर नै बनाएका थिए । उनले सो गीतमा अलिकति पनि आफ्नो सृजनशिलता प्रयोग गरेका छैनन् । ‘ओए लब्ली’ बोलको गीतलाई उनले बंगालदेशी चलचित्र ‘आमी सुधु चेयची तोमी’मा समावेश ‘बंगलादेशर मेये’ बोलको गीतबाट दुरुस्तै कपि गरेका छन् । गीतको ट्युनमात्र नभएर लगभग शब्दहरु पनि एकै किसिमका छन् । हेरौँ बंगलादेशी ओरिजिनल गीतः

२०१४ मा रिलिज भएको बंगलादेशी चलचित्र ‘आमी सुधु चेयची तोमी’को गीतबाट चोरी गरेको ‘ओए लब्ली’बोलको गीत टंकले २०१५ मा म्युजिक नेपालमार्फत सार्वजनिक गरेका थिए । हेरौँ टंकले चोरी गरेको थारु गीतः

उक्त बंगालादेशी चलचित्र ‘आमी सुधु चेयची तोमी’को ‘बंगलादेशर मेये’ बोलको गीतको भिडियो २०१६ मा रिलिज गरिएता पनि चलचित्र र गीतको अडियो भने २०१४ मा नै रिलिज भईसकेको थियो । उसो त गीतको ट्रयाक भने २०१४ को सेप्टेम्बर महिनामा अपलोड गरिएको थियो । हेरौँ २०१४ मा अपलोड गरिएको गीतको ट्रयाक:

यसरी हेर्दा टंकमा आफ्नो सृजनशिलता भन्दा पनि अरुको नक्कल गर्ने कला चाँही गज्जबकै भएको बिश्लेषण गर्न एक सेकेण्ड पनि सोचिरहनु पर्दैन । उसो त ‘रुपै मोहनी’ बोलको गीत बनाउनु अघि टंकले कुमार बस्नेतको गीत ‘रौसी खान जाउँ’ सुनेको छैन भन्दै आएका छन् । नेपाली गीत ‘रौसी खान जाउँ’ नै सुनेको छैन भन्ने टंकले आफैले चोरेको टुप्पोदेखी फेदसम्मै मिल्ने बंगलादेशी गीत पनि सुनेको छैन भन्न के बेर ?

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड