सुदिपले बनाए गज्जबको भिडियो, देखियो सन्दिप र रचिताको रोमान्स

चर्चित सिनेम्याटोग्राफर सुदिप बरालको निर्देशनमा बनेको ‘फुलेर फुल’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । शुक्रबार दिउँसो सार्वजनिक गरिएको गीतको भिडियोमा सुदिपको गज्जबको मेहनत देखिएको छ । सुदीप आफैँले छायांकन गरेको भिडियोमा सन्दीप शाही र रचिता क्षेत्रीलाई फिचरिङ गरिएको छ । भिडियोमा उनीहरुको केमेस्ट्री पनि एकदमै सुहाएको छ । हेरौँ भिडियोः

प्रनिम राईले स्वरबद्ध गरेको गीतमा चर्चित एवं अनुभवी संगीतकार जेम्स प्रधानको संगीत छ । प्रकाश दीपको शब्दरचनामा बनेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । राजधानीको रेसु भिल्लामा छायांकन गरिएको गीतको भिडियो एसपी पिक्चर्स नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड