अजय देवगनले सुट गरे ‘फेमिलि टाइम विथ कपिल शर्मा’को पहिलो एपिसोड (भिडियो)

कपिल शर्माको नयाँ शो को पहिलो एपिसोडमा अजय देवगन आउने भएका छन् । फेमिलि टाईम विथ कपिल शर्मा नामक शोमा अजयले रेड फिल्मको प्रमोशन गर्नेछन् । मार्च २५ तारेखमा सोनी टिभीबाट प्रशारण हुने नयाँ शोको प्रोमो पनि सार्वजकि भएको छ । युट्युबमा सार्वजनिक प्रोमोलाई १० रिलिजको २४ घण्टा नपुग्दै १० लाख बढीले हेरेका छन् । प्रोमोमा कपिल शर्माका विगतको कन्ट्रोभर्सीलाई ब्यङ्ग्य गरिएको छ ।

एक मिनेट लामो नयाँ प्रोमोमा शोको नयाँ सेट पनि ब्याकग्राउण्डमा देख्न सकिन्छ । प्रोमोमा कपिलले अजय देवगनलाई आफने नयाँ शोमा आउनलाई आग्रह गर्छन् तर अजयले फोन ब्यस्त बनाउँछन् । तर कपिलले फेरि फोन गर्छन् । दोस्रो पटक पनि अजयले तपाईंले फोन गर्नुभएको नंम्बर ब्यस्त छ भन्दै आफ्नै आवाजमा मोबाइलमा बोल्छन् । हेरौँ, रमाइलो छ कपिल शर्माको नयाँ शोको प्रोमो ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड