काठमाडौँमा असिना पानी

स्थानीय वायुको प्रभावका कारण काठमाडौं उपत्यकाका असिना पानी परिरहेको छ । स्थानीय वायुको प्रभावले बदली भई उपत्यकाका केही स्थानमा मेघ गर्जनसहित मेघ गर्जन सहित असिना पानी परेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। उनका अनुसार अहिले देशका पूर्वी, मध्य र पश्चिम पोखरापूर्वको भेगमा बदली तथा पोखरादेखि पश्चिम, सुदूरपश्चिम र तराई क्षेत्रमा मौसम सामान्य छ।

पूर्वमनसुनको याम भएका कारण स्थानीय वायुको प्रभावले मेघ गर्जनसहित छोटो अवधिको वर्षात् गराउँछ। सामान्यतः ‘मार्च, अप्रिल र मे’ पूर्व मनसुनी याम मानिन्छ। तापक्रम पनि क्रमशः बढ्दै गएकाले मध्याह्नपछि बदली र वर्षा गराउने सम्भावना हुन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको अधिकतम तापक्रम २६.६ र न्यूनतम तापक्रम १० डिग्री सेल्सियस छ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड