‘तिमी सँग’ को ट्रेलर रिलिज, साम्राज्ञीको प्रेममा नाजिर र आकाश

चलचित्र ‘तिमी सँग’ को ट्रेलर रिलिज भएको छ । चैत्र २३ गतेबाट देशभर रिलिज हुन थालेको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाँश श्रेष्ठ, नाजिर हुसेन लगायतको मुख्य भूमिका छ । ट्रेलरले साम्राज्ञी, आकाश र नाजिरको त्रिकोणात्मक प्रेम कथलाई प्रस्तुत गरेको छ । फिल्म घुम्न मनपराउने तीन युवायुवतीको प्रेममा केन्द्रित छ । साम्राज्ञीको ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ पछि तेस्रो चलचित्र हो । निर्माण हुँदा देखि नै चर्चा रहेको ‘तिमी सँग’ आकाश श्रेष्ठको दोस्रो फिल्म हो । आकाश उनै अभिनेता हुन जस्ले ‘रामकहानी’ फिल्ममा पुजा शर्मासँग स्क्रिन शेयर गर्दैछन् । नाजिर हुसेनको यसअघि केकी अधिकारीसँग काम गरेको फिल्म राज्जा रानी रिलिज भएको थियो । फिल्मलाई शिशिर राणको निर्माण तथा निर्देशन गरेका छन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड