हेड फोन लगाएर मात्रै सुन्नुहोस् मिन विष्टको यो गीत

संगीतकार तथा साउण्ड ईन्जियर मीन विष्टले थ्रीडी गीत सार्वजनिक गरेका छन्। लक्ष्मी प्रसाद घिमिरेको शब्द, दिपा लामा र राम धिमालको स्वरमा मीन आफैँले संगीत भरेको “ईश्वरले तिमीलाई फुर्सदमा हो कि प्रेमले बनाको” बोलको थ्रीडी गीत हालै युट्युबमा सार्वजनिक गरेका हुन्। विष्टले यो नेपालमै पहिलो थ्रीडी गीत भएको दाबी गरेका छन्। मीनले हेडफोन अनिवार्य लगाएर सुन्न आग्रह गरेको यस गीतमा बाजाहरु विभिन्न स्थानबाट बजेको सुन्न सकिन्छ।

मिक्सिङ इन्जिनियरको काममा परिचय बनाएका मीन चलचित्रकर्मी पनि हुन्। गीतमा भन्दा तेस्रो आयाम (3D) अडियोको कला चलचित्रमा स्कोप रहने हुनाले आफूले थ्रीडी गीत सार्वजनिक गरेको विष्टले बताए।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड