अंग्रेजीमा सोधिएको प्रश्नको जवाफ हिन्दीमा दिएपछि ऋषि धमला बने ट्रोलको सिकार, भाइरल बन्दै भिडियो

सोमबार नेपालको एकमात्र बिमानस्थल त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भएको युएस बाङ्ग्ला एअरको दुघर्टनापछि विश्वभरका मिडियाका ध्यान नेपालमा गयो । ५० जना भन्दा बढिको ज्यान जानेगरी भएको दुघर्टनको रिर्पोटिङका लागि विश्वभरका मिडियााका प्रतिनिधीहरु काठमाण्डौँमा थिए । यस्तैक्रममा भारतको डिडिन्युज च्यानलले पनि नेपालमा भएको हवाई दुघर्टनाको समाचार सम्प्रेषण गर्यो ।

यस्तैक्रममा नेपालबाट दुघर्टनाको बारेमा जानकारी लिनको लागि पत्रकार ऋषि धमलालाई टेलिभिजनबाट फोन आयो । टेलिभिजनबाट बिमान दुघर्टनाको बारेमा अंग्रेजीमा प्रश्नहरु सोधियो तर ऋषि धमलाले त्यसको उत्तर हिन्दीमा दिए । ऋषिले हिन्दीमा उत्तर दिएको भिडियो अहिले सामाजिक संजालमा भाईरल भईहेको छ । धेरैले ऋषिको यो कुराको कडा बिरोध गरेका छन् भने कतिले सहज रुपमा लिएका छन् । हेरौँ ऋषि धमलाले विमान दुघर्टनाको बारेमा भारतीय टेलिभिजनलाई दिएको जानकारीको भिडियोः

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड