फिल्ममा असफल सुन्दरी मलिना जोशी

ऋतुबाट डेब्यु हुँदा मलिना जोशीलाई ‘भविष्यको स्टार’का रुपमा हेरिएको थियो । मिस नेपालको ताज पहिरेकी मलिनाको सौन्दर्यले जोकोहीलाई मोहित पाथ्र्यो । यही कारण हुनुपर्छ, पहिलो फिल्ममै सशक्त भूमिका पाइन् । तर, जसै ऋतु प्रदर्शन भयो, मलिनाले आफूप्रतिको अपेक्षा पूरा गर्न सकिनन् ।

बक्स अफिसमा फिल्म कमजोर साबित भयो । ऋतु मात्र होइन, उनका द विनर, लीला, संरक्षण, झुम्की, रानीलगायतका फिल्मसमेत व्यावसायिक रुपमा असफल ठहरिए । उनकै अभिनयले पनि प्रशंसा पाएन । यही बीचमा स्वस्तिमा खड्का, वर्षा राउतजस्ता क्षमतावान् हिरोइनको प्रवेश भयो । मलिनाका फिल्मचाहिँ भटाभट फ्लप । अनि, किनारामा नपर्नु कसरी ? मिस नेपालको ‘ट्याग’ले मात्र त सधैँ जोगाउँदैन ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड