राजेश हमालका फ्यान यस्ता पनि, जसले छातीमा ट्याटु खोपाए

महानायक राजेश हमाल अहिले चलचित्र क्षेत्रमा सक्रिय छैनन् । कुनैबेला पोस्टरमा उनको अनुहारमात्र देखाउँदा पनि सुपरहिट चलचित्र दिएका राजेश अहिले भने टेलिभिजनतिर रमाईरहेका छन् ।

सुपरस्टार राजेश हमालका फ्यानहरु पनि अनगिन्ती छन् । ५० बर्ष नाघिसकेका राजेश अहिले पनि कुनै सार्वजनिक स्थानतिर जाँदा फ्यानहरुले घेरिने गर्छन् । त्यसैमध्येका एक फ्यानले उनको तस्विरको ट्याटु छातीमा बनाएका छन् । राजेशले इंस्टाग्राममा सेयर गरेको यो फोटोको क्याप्सन उनले ‘हाउ कुल इज द्याट’ भनेर दिएका छन् ।

राजेशले सार्वजनिक गरेको तस्विरमा उक्त युवकले एकापट्टी छातीमा राजेश हमाल र अर्कापट्टी छातीमा अर्कै एक सेलिब्रेटीको फोटो छ । उक्त सेलिब्रेटीको अनुहार भने राजेशले सेयर गरेको फोटोमा देखिएको छैन । छातीमा ट्याटु खोप्ने युवकको बारेमा राजेशले अरु केहि पनि लेखेका छैनन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड