बिवाह बन्धनमा बाधिँए कोरियोग्राफर कविराज (फोटोहरु)

नेपाली चलचित्र चर्चित कोरियोग्राफर कविराज गहतराज बिवाह बन्धनमा बाँधिएका छन् । गहतराज र रोजी घिमिरेको बिवाह मंगलबार हिन्दु परम्परा अनुसार भएको हो । झन्डै २५ दिनअघि कोरियोग्राफर गहतराज र घिमिरेबीच इन्गेजमेन्ट भएको थियो । दुवैले लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

पछिल्लो समयका अधिकांश चलचित्रका चर्चित गीतहरुमा कविराज गहतराजकै कोरियोग्राफी छ । उनले कोरियोग्राफी गरेका गीतहरुमा ‘कुटुमा कुटु’, ‘पर्ख पर्ख मायालु’, ‘भन्छु आज मनका कुरा’, ‘लिलिबिली’को ‘ईज ईट लभ’ आदी छन् । अहिले उनी एपीवान टेलिभिजनबाट मार्च २९ तारिख (चैत १५) देखि प्रसारण हुन लागेको डान्स रियालिटी सो ‘बुगी बुगी’ को तीन जुरीमध्येका एक हुन् । जसमा नायक दिलीप रायमाझी र नायिका प्रियंका कार्की छन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड