सुटिङ सेटमै ढले अमिताभ बच्चन

बलिउड अभिनेता अमिताभ बच्चन फिल्म शुटिङका क्रममा विरामी परेका छन् । आफ्नो आगामी फिल्म ‘ठग्स अफ हिन्दूस्तान’को शुटिङमा व्यस्त अमिताभ मंगलबार विहान अचानक शुटिङ सेटमै ढलेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार विहान ३ बजेसम्म शुटिङ गरेका अमिताभले ५ बजे आफ्नो ब्लगमार्फत स्वास्थ्य अवस्था विग्रिएको जानकारी गराएका थिए ।

उनको उपचारका लागि मुम्बईबाट निजी चिकित्सक शुटिङस्थल जोधपुर गरेको छ । उनको जोधपुरमा उपचार भइरहेको छ । यसअघि फिल्मकै शुटिङका लागि अमिताभ पुरै टिमका साथ थाइल्याण्ड गएका थिए । त्यहाँ अत्यधिक चिसोका कारण उनको स्वाथ्यमा असहजता देखिएको थियो ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड