अप्रिल फुल (एउटा गज्जबको मायालु कथा): बुद्धिसागर

उ खुब रुदा, हास्दा, बस्दा, खादा, हिड्दा जतिबेला पनि मिस गर्थी। हुन त म पनि उहीँ जस्तो भएको थिए। साच्चै भन्नुपर्दा उस्ले फोन गरेर मेरो फोनको घन्टी नबजाएसम्म मेरो निन्द्रा खुल्दैन्थ्यो। प्राय मैले गर्ने कामहरुको रुटिङ् उस्ले नै सम्झाउने गर्थी।
`हजुर त कस्तो मान्छे बाई! एक चोटि पनि फोन गर्सिन्न। म मात्रै सम्झिने हो हजुर निष्ठुरी त सम्झिसिन्न; अब म पनि हजुरले जस्तै गर्छु।´ उ प्राय सधै यस्तै माया मिसाएर थोरै घुर्कि देखाउथी।
`कान्छी मैले चै फुन नगर्‍या होर तर एउटि तेरो जस्तै स्वर भकी तरुनीले तपाईको अकाउन्टको ब्यालेन्स कम भैसकेको छ,कृपया समयमै रिचार्ज गर्नुहोस् भन्छे त´
`पागल´भन्दै उ आन्द्रा गाँठो पर्ने गरि हासेर लाडिन्थी।
`त ०.१७ पैसाले त तेरो आवाज नआउने रैछ। महङ्गी रैछेस् त।´
उ फोन राख्ने बित्तिकै सय/दुई सय रुपैया ब्यालेन्स ट्रान्सफर गर्दिन्थी। `ओई च्याखुरी! मैले रिचार्ज गर्दे भनेको हो तलाई? भोलितिर म आफै गरिहाल्थे नि! कि म बेरोजगार भनेर हेपेकी?´म हल्का आक्रोश मिसिएको स्वरमा बोल्थे।
`के भो त नि? म सङ भएनी हजुरलाई गर्ने हो; हजुरसङ भएनी मलाई गर्ने हो! कि अरुलाई नि गर्सिन्छ हजुरले?´ उ माया जताउँथी।
` हेर कान्छी हाम्रो ठाउँमा श्रीमतीको कमाई खानेलाई नामर्द भन्छन्। मलाई के भन्लान्´ म यसरी नै मर्दपन खोज्दे।
`हजुर पनि बित्थामाको कुरा गर्सिन्छ! अब के मैले हजुरलाई रिचार्ज गर्देको कुरा भरे रेडियो नेपालमा समाचार आउँछ र? हेर्स्यो हजुर! यदि श्रीमती जागिरे र श्रीमान बेरोजगार छ भने केही अप्ठेरो हुन्न! अब तपाईले जागिर पाएसी फिर्ता गर्सिएला नि; भयो अब?´ उ कुरा सक्काउँथी। तर मलाई कता कता सरम हुन्थ्यो।

लेखकः बुद्धिसागर

साथी भाईका प्रेमिकाहरुले छुस्स छुस्स मिस्कल हान्थे। तर उ म सङ फोनमा घन्टौसम्म बोल्थी। दुईतिन दिन बिराएर उ मलाई सय दुईसयको रिचार्ज गर्थिराख्थी। कसरी थाहा हुदो हो मेरो मोबाईलमा ब्यालेन्स सकिन लागेको कुरा। `आफ्नो मान्छेको त्यति सानो कुरा नि थाहा हुन्न त; मलाई त सब कुरा थाहा हुन्छ हजुरको।´ उ प्रेमिल स्वरमा यसरी बोल्थी। कति त ईष्र्याले नि जल्थे। क्याफे रेस्टुरेन्टमा खाजा खादा म सङ खल्तीमा पैसा हुदा हुँदै पनि बिल तिर्न कहिल्यै दिईन उस्ले। `हजुरको त्यो जोगाएर राखिस्यो। कुन बेला कस्तो इमर्जेन्सी पर्छ के था?´ उ मलाई बचत गर्न लगाउथी सायद अहिले बचत गर्दा भविष्यमा ठूलो सहयोग हुन्छ भनेर होला। मान्छेहरु आफ्नो प्रेमी प्रेमिकालाई फुल गुडियाहरु जस्तो बेकामेको सामान गिफ्ट गर्थे। तर उ भने मलाई कहिले जुत्ता, कहिले टिसर्ट पाइन्ट, कहिले घडी, रेवन झिलझिल टल्किने रातो प्लास्टिकमा पोको पारेर दिन्थी। गिफ्ट भित्र केहि हजार पैसा पनि हुन्थ्यो। त्यो सब मलाई थाहा हुदाहुँदै पनि `के हो त्यो? म लिन्न´ भनेर तर्किन खोज्थे। `ह्या हजुर पनि कस्तो मान्छे के! म बोल्दिन नि फेरि। के मैले दिएको लिन नहुनी होर? घर गएर हेरिस्यो।´ भन्दै मेरो ब्याग तानेर जबर्जस्ति ती गिफ्टहरु हालिदिन्थी। घर जान्थे बेलुका फोनमा आफुले केही दिन नसकेको गुनासो गर्थे।`ह्या हजुर पनि अत्ति गर्सिन्छ के। पख्स्यो न पछि तपाईको जागिर भएसी म यो पनि चाहियो; त्यो पनि चाहियो भनेर कति दिक्क लगाम्छु; मलाई था छ नि। अनि सक्दिन भन्न पाईसिन्न नि। ह्या छाड्स्यो। बरु भन्स्योन पछि हाम्रा छोराछोरीको नाम के राख्ने?´ उ कुरा यु टर्न गराउँथी। तर यो पुरुष मनलाई भित्रभित्र कता कता नरमाईलो लाग्थ्यो। दिन्कादिन सर्टिफिकेटका खोस्टा बोकेर प्रत्येक अफिस आशले भरिएको अनुहार निराश बनेर फर्किएको दृश्य आँखै अगाडि आउथ्यो।

कुरा अस्ति भर्खरको हो। उस्ले म सङ भेट्न कै लागि भनेर अफिसमा बिरामी भए भनेर झुट बोली छुट्टी लिएकी रैछ। फोन गरेर दरबारमार्गको पिज्जा हाउसमा बोलाई। म पनि उस्ले नै गिफ्ट गरेको टिसर्ट,पाइन्ट,जुत्ता र रेबन लगाई निलो माईक्रो चडेर दरबारमार्गको पिज्जा हाउसमा पुगे। उस्को स्कुटी बाहिरै पार्किङमा थियो। भित्रं उस्ले क्याबिनको टेबल रिजर्भ गरेकी रैछ। एकैछिनमा वटेरले लार्ज साईजको चिकेन पिज्जा लिएर आयो। Black Coffee पनि मगाई उस्ले। मैले उस्को र उस्ले मेरो अनुहार हेरि हामी एकअर्कालाई पिज्जा खुवाउँदै थियौ। चिल्ली ससले गर्दा होला पिरो भएर जिब्रो रमरम गरिराखेको थियो। वटेरलाई पानी लेर्‍याईजो भन्नलाई उठेर यता पट्टि के फर्केको थिए। ठोकिएर वटेरले लेर्‍याउदै गरेको Black Coffee मेरो जिउभरी खनियो। कपडा बिगारेको भनेर वटेरलाई एक झापड हाने झै लाग्थ्यो। `उठ ए गोरु! दिउँसो मन्डला के घुरेर सुत्या छस।´ बाले दुई झापड लगाई भ्याएछन। झ्यालबाट मुन्टो उठाएर हेरेको बाहिर टन्टलापुर घाम लागेको रैछ। उफ् आज सपनाले अनि अप्रिल फुल मनाईदियो!

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड