‘भद्रगोल’ले तोड्यो आफ्नै रेकर्ड

हास्यटेलिश्रृंखला ‘भद्रगोल’को पछिल्लो अंकले आफैँले बनाएको रेकर्ड तोडेको छ । ‘भद्रगोल’को पछिल्लो १ सय ६७ औँ अंकले युट्युबमा सबैभन्दा धेरै हेरिने हास्यटेलिश्रृंखलाको आफैँले बनाएको रेकर्ड तोडेको हो । सार्वजनिक अंकलाई युट्युबमा २४ घण्टा नपुग्दै ५ लाख भन्दा धेरैपटक हेरिएको छ । यसभन्दा अघि १ सय ५४ औँ श्रृंखलालाई २४ घण्टा नपुग्दै ३ लाख भन्दा धेरैपटक हेरिएको थियो । कुनै पनि टेलिश्रृंखलाले २४ घण्टा नपुग्दै यति धेरै भ्युज नपाएको कार्यक्रमका क्रियटिभ टीम तथा श्रृंखला निर्देशक दीपक आचार्यको दावी छ ।

हास्यटेलिश्रृंखलाको पछिल्लो श्रृंखलामा शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लिलिबिली’को प्रचा्रप्रसार गरिएको छ । श्रृंखलामा चलचित्रका नायक युवास्टार प्रदीप खड्का र नव–नायिका जसिता गुरुङको अतिथी भुमिका छ । अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)को लेखन तथा निर्देशनमा तयार भएको हास्यश्रृंखलालाई सागर खड्काले खिचेका हुन् । दीपक आचार्यको श्रृंखला निर्देशनमा तयार हुने टेलिश्रृंखलाको क्रियटिभ टिममा दीपकको साथमा हरि निरौला (क्रकोज) पनि रहेका छन् । रविन भट्ट र राजेन्द्र मानन्धरको सम्पादनमा तयार भएको टेलिश्रृंखलामा अर्जुन घिमिरे, कुमार कट्टेल, दीपक आचार्य, कमलमणी नेपाल, सागर लम्साल, हरिस निरौला, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, अशोक धिताल, रश्मि पान्डे, शारदा गिरी, अर्जुन तिमिल्सिना, हरि सापकोटा, पवन शाक्य, तेन्जु लामा लगायतका कलाकारहरुको अभिनय छ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड