‘काले दाई’ गीत संलग्न फिल्म ‘पर्व’ युट्युबमा

‘काले दाई’ बोलको चर्चित गीत समावेश चलचित्र ‘पर्व’ युट्युबमा सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको चलचित्रलाई दर्शकहरुले अत्याधिक रुचाएका छन् । ‘कृ’ निर्माता सुवास गिरी र चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलको संयुक्त लगानीमा बनेको चलचित्र सुवास इंटरटेनमेन्ट र गोपीकृष्ण टिभी फिल्मी प्रोडक्सनको ब्यानरमा बनेको हो ।

दिनेश राउतको निर्देशनमा बनेको चलत्रिचमा कोशिश क्षेत्रीको कथा छ भने किरण माईकल घिमिरेको पटकथा तथा संवाद छ । राजेश श्रेष्ठको सिनेम्याटोग्राफी रहेको चलचित्रमा चन्द्र पन्तको द्धन्द र कविराज गहतराजको कोरियोग्राफी छ । त्यस्तै कोशिश क्षेत्रीकै संगीत रहेको चलचित्रलाई बानिश श्रेष्ठले सम्पादन गरेका हुन् । चलचित्रमा चर्चित नायिका नम्रता श्रेष्ठको साथमा कोशिश क्षेत्री, माला लिम्बु, केशब भट्टराई, जेबिका कार्की, अमितेश शाह, प्रिया रिजाल लगायतका कलाकारहरुको अभिनय छ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड